हरिपूर्वा, २९ जेठ – सर्लाहीको हरिपूर्वामा कुपोषणमुक्त नगरपालिका निर्माणका लागि ‘पोषण बहस’ कार्यक्रम सम्पन्न भएको छ ।
नगरप्रमुख विनोदकुमार साह तेलीको अध्यक्षता तथा जिल्ला समन्वय समिति सर्लाहीका उपप्रमुख जितेन्द्रकुमार महतोको प्रमुख आतिथ्यतामा पोषण बहस कार्यक्रम सम्पन्न गरिएको हो । राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (आरआरपिके) तथा वल्र्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त साझेदारीमा संचालित पोषण तथा उत्थानशील जिविकोपार्जन परियोजना अन्तर्गत कार्यक्रम गरिएको साझेदार संस्थाले जनाएका छन् ।
कार्यक्रममा नगर उपप्रमुख सुमित्रादेवी ग्वारिन, विभिन्न वडाका वडाध्यक्ष, अन्य जनप्रतिनिधि, साझेदारी संस्थाका प्रतिनिधिलगायत उपस्थित भएका थिए ।