चैत्र २० गते देखि हरिपूर्वा नगरपालिकाको ३ सय ६० अशिक्षित व्यक्तिलाई साक्षर बनाउने अभियान शुरु हुदै
रौशन झा २०७८-१२-१७ गते
हरिपूर्वा । सर्लाहीको सदरमुकाम पुर्वमा पर्ने हरिपूर्वा नगरपालिका मा भौतिक बिकास भए पनि शिक्षा तथा स्वास्थ्यमा पछाडी रहेको बेला हरिपूर्वा नगरपालिकाको आर्थिक सहयोगमा अनौपचारिक शिक्षा कार्यक्रम अन्र्तगत निरन्तर शिक्षा तह एकाइको सहजकर्ताहरु लाई ५ दिने तालिम सम्पन्न गराएको छ ।
हरिपूर्वा नगरपालिकाको ९ वटै वडाबाट २ जना सहजकर्तालाई चयन गरि साक्षर अभियानमा खटाउन प्रशिक्षण गराइएको छ । चैत्र २० गते देखि संचालन हुने प्रौढ कक्षामा १५ बर्ष यमेर देखी ६० बर्ष सम्मको स्थानिय शिक्षाबाट बन्चित बिशेष गरि महिलालाई साक्षर बनाउने उद्देश्य रहेको नगर प्रमुख सियाराम रायले बताउनु भयो ।
५ दिने तालिमको सहयोगी संस्थाको रुपमा ग्रामिण सामुदायिक बिकास केन्द्र हरिपूर रहेको थियो ।