सर्लाही १४ मंसिर ।
International Water Management Institute (IWMI Nepal) को सहयोगमा बागमती सेवा सामज नेपाल द्वारा संचालित RES-WASH परियोजना अन्तर्गत सर्लाही जिल्लाको पालिकाहरुमा विभिन्न ८ स्थान खानेपानि प्रणालीको उत्थानसिल्ता, जल वायु परिवर्तन र जोखिम बारे समुदाय स्तरमा चेतना मुलक सडक नाटक प्रदर्शन गरियो ।
नाटक निम्न स्थानहरूमा प्रस्तुत गरिएको छ।हरिपुर्वा नगरपालिका को वडा नं ७ को बसन्तपुर बजार र राम जानकी माध्यमिक विद्यालय , चन्द्रनगरको वडा नं ७ कमाद गाउँ र वडा नं -२ श्री दुर्गा खोभारी जनता उच्च मा.वि बबरगञ्ज, ब्रमपुरी गाउँपालिका को वडा नं ६ को नोकैलबा समुदाय र जलन्धर कामदेव माध्यमिक नमुना विद्यालय-२ र पर्सा गाउँपालिका को पब्लिक माध्यमिक विद्यालय र पर्सा-४ को जिँगडवा समुदाय मा नाटक प्रदर्शन गरियो।
श्री राम जानकी मा.वि को प्र.अ सन्तोष ठाकुर भन्नुहुन्छ यस्तो सडक नाटक ले हाम्रो समुदाय मा भएको विकृति हातेपाईप अगाडि भाडा मस्काउने, लुगा धुने, नुहाउने जस्ता दैनिक क्रियाकलप ले हामीले खाने पानी फोहर हुन्छ र विभिन किसिमको रोगहरु निम्त्याउँछ भन्ने नाटक बाट सिकाइ भयो । हाम्रो समुदाय र विद्यालय को बालबालिका, अभिभावक, शिक्षक सबैले अब देखी यस्ता कामहरू गर्दा सावधानी अपनाई गर्छ भने विश्वास राखेको छ। त्यस्तै जल वायु उथानसिल सम्बन्धी समुदाय स्तरमा जनचेतनाका लागि नाटकका माध्यम प्रभावकारी भएको समुदाय र विद्यालय स्तरले जानकारी गराएको भन्ने विषय मा नाटक टिमले जनायो।
उक्त नाटक बालक्लब को सहभागी द्वारा प्रस्तुत गरिएको थियो।