नगरपालिका अगााडी लगाइको कालो झन्डा हटाउने तथा तोकिएको समयमै नगरसभा गर्न हरिपूर्वा नगरपालिकाको युवाहरुको माग
लोकप्रिय अबाज समाचारदाता कार्तिक २१ २०७७
सर्लाहीको हरिपूर्वा नगरपालिकामा बिगत केही महिना देखि नेपाल कम्नियुष्ट पार्टी नगर राजनैतिक सयंत्र बिभिन्न माग राख्दै आन्दोलमा उत्रेको बेला करिब ५० दिन अगाडी नगरपालिकाको कार्यालय को मुल गेट अगाडी कालो झण्डा लगाइएको थियो । नेकपा अहिले पनि चरणबद्धरुपमा बिभिन्न कार्यक्रम सहित आन्दोति नै रहेको बेला हरिपूर्वा नगरपालिकाको युवा समाजले कालो भण्डाको समयाबधी कति दिन सम्म रहेको र समय समाप्त भइ सक्दा पनि किन कालो भण्डा नहटाइको भन्दै नगरपालिका प्रमुख सियाराम रायलाई युवाहरुको समुहले ज्ञापन पत्र बुझाउदै ध्यानार्कषण गराइको अध्यक्ष बिरेनद्र कुमार यादबले बताए । यादबका अनुसार हामीले १ दिको समय दिएकाछौ नगरपालिकालाई काले झण्डा हटाउन, माग पुरा नभए युवाहरुको अर्को निर्णयले यसबारेमा छलफल गरिने छ ।
त्यस्तै बिकास निर्माणको काम मा ढिलाई भइरहेको हुदाँ नगरपालिकाले तोकेको मितीमा नै नगरसभा हुनुपर्ने माग समेत रहेको यादब ले बताए ।