निकास बिनाको बिकास–हरिपूर्वा नपाको अधिकांश घरमा पानी मुल सडक पनि डुवानमा

मुकेश झा

लगातार परिरहेको पानीको कारण सर्लाहीको हरिपूर्वा नगरपालिकाको मुल सडक पुर्ण रुपमा डुबिसकेको छ । हरिपूर्वा पुरानो बजार देखि त्रिबेणी चौक सम्मको मुल सडकमा पानीले भरिएको छ ।
सर्लाहीको पुर्व पश्चिम राजमार्ग देखि दक्षिण भारतको सिमा नजिक सग्राम्पूर सम्मको सडक निर्माण तथा कालो पत्रे काममा सर्लाही इश्वरपूर नपा को गौरीशंकरमा एक बर्ष पहिले नै नाला निर्माण तथा कालो पत्रे निर्माण सम्पन्न भइ सकेको छन । त्यस्तै हरिपूर्वा नगरपालिकाको बसंतपूरमा पनि र्बषात आउनु अगाडी नै नाला निर्माण तथा कालोपत्रे सम्पन्न भई सकेको नगर प्रमुख सियाराम रायले बतायनु भयो ।

नगर प्रमुख रायको अनुसार हरिपूर्वा नगरपालिकाको वडा नमबर १,२,५ र ६ को मुल सडकमा पर्ने घरहरु हटाउन लाई पटक पटक जानकारी गराइसके पनि अधिकांश ठाउमा घर नतोडेको कारण बर्षात नसके सम्म सडकको काम बन्द रहने ठिकदारको भनाइ रहेको उहाले बताउनुभयो । समयमा नाला निर्माण नभएको कारण अहिले बिद्यालय जाने सानो बालबालिका तथा भत्ता बुझन जाने बृद्ध–बृद्धा लाई धेरै नै समस्या भइरहेको युवा समाजसेबि बिरेन्द्र यादबले बताए ।
पुराने बजार देखि लालबाबु साहको घर सम्म नाला निर्माण भइसके पनि ठिकदारले सडकमा ग्रभिल समेत गर्न न भ्याउदा पुरै सडक नै डुवानमा छ ।


त्यस्तै हरिपूर्वा नगरपालिकाको अधिकाशं वडाहरुमा नाला बिनाको सडक ढलानको कारण अहिले अधिकांश घरमा पानी पसेको  छ । वडा नम्बर २ मा रहेको विनोद साहको अनुसार उहाको घर अगाडी गरिएको सडक ढलान गुरु योजना बिना नै बनाइएको कारण पुरै घरमा नै पानि पसिसकेको र यस बारे पटक पटक मेयर देखि सम्बन्धित सबैमा जानकारी गराए पनि आज सम्म कसैले समस्या समाधानको पक्षमा नगएको गुनासो पोख्नु भएको छ ।


त्यस्तै वडा नम्बर २ कै जयकान्त झा को कोठा निकास बिनाको बिकास को शिकार भएको छन । घरको चारैतिर बिना नालाको सडक ढलान भएको कारण झा को घर बाटै नालाको पानि निरन्तर बगिरहेको छ ।

यो उद्दाहरण मात्रहो यस्तो अबस्था नगरपालिको प्रत्येक वडामा रहेको छ । हरिपूर्वा नगरपालिका बाट खटिएको प्रविधिकले मोटो कमिसन लिएर बिना गुरु योजना कै सडक ढलानको बजेट र्फछयोट गराइसकेको स्थानिय जनताकाे गुनासाे छ  ।

Comments
Loading...