निर्वतमान प्रमुख प्रशासकिय अधिकृत ढकालको भव्य विदाई

लोकप्रिय समाचारदाता

सर्लाहीको हरिपूर्वा नगरपालिकामा १५ महिना सम्म प्रमुख प्रशासकिय अधिकृतको रुपमा सफलतापुर्वक आफ्नो कार्यकाल पुरा गरि मधेश प्रदेशको मुख्यमन्त्रि कार्यालयमा सरुवा भई जानुभएको मित्रलाल ढकाललाई हरिपूर्वा नगरपालिकाको कर्मचारी तथा जनप्रतिनिधीले भव्य विदाइ गर्नुभएको छ ।
हरिपूर्वा नगरपालिका अस्तव्यस्त रहेको बेला २०७८ बैशाखमा आउनुभएको प्रमुख प्रशासकिय अधिकृत मित्रलाल ढकालले दिनरात मिहनेत गरि नपा लाई बिकास तर्फ डोरियाउन सफल हुनुभएको थियो । निर्वतमान नगरप्रमुख सियाराम राय सगंको सहकार्यमा हरिपूर्वा नपाको विभिन्न राजनैतिक दलहरुलाई एक ढिकोमा ल्याई नगरपालिकाको बिकासमा ठुलो योगदान पु¥याउनूभएको हरिपूर्वा नपा १ को वडाध्यक्ष श्यामबावु रायले  बताउनुभयो ।


स्थानिय तह निर्माण भए यता हरिपूर्वा नपाको अधिकाशं आर्थिक बर्षहरुमा बजेट पुर्णरुपमा चलेको थिएन । करिब ३ आर्थिक बर्षको बाकि बजेटलाई ढकालले पुणर््ारुपमा चलाउन सफल हुनुभएको र थोरै बजेट मात्र फ्रिज भएको हरिपूर्वा नपाको आर्युवेद शाखाको प्रमुख डाक्टर संजय यादवले बताउनु भयो । सवै कर्मचारीको हकहित तथा नियमानुसार कार्य गर्न गराउनमा प्रमुख प्रशासकिय अधिकृत मित्रलाल ढकाल कहिलेपनि पछि हटनु नभएको लेखा शाखाको कर्मचारी रामस्वार्थ महतोले वताए ।


मधेश प्रदेशको मुख्यमन्त्रिको कार्यलायमा सरुवा भइ जानुभएको निर्वतमान प्रमुख प्रशासकिय अधिकृत मित्रलाल ढकालले हरिपूर्वा नपाको विकासको लागी जहिलेपनि तत्पर रहने र अगामी दिनमा पनि हुन सक्ने सहयोग गर्न पछि नहटने विदाई तथा फेरी भेटौला कार्यक्रममा उहांले बताउनु भयो । १५ महिनाको बसाईमा हरिपूर्वा नगरपालिकाको जनताले मलाई सधै सम्मान गर्नुभएकोले सम्पूर्ण नगरबासीमा धन्यवाद प्रकट गर्नुभएको छ ।
हरिपूर्वा नगरपालिका को नगर प्रमुख बिनोद कुमार साहले निर्वतमान प्रमुख प्रशासकिय अधिकृत मित्रलाल ढकाल लाई मायाको चिनो प्रदान गरिदै स–सम्मान को साथमा दोसल्ला ओढाई विदाई गर्नुभयो ।

Comments
Loading...