नेपाली कांग्रेस नगर कमिटी हरिपूर्वाले जिल्ला कार्य समिती बिधि–बिधान बिपरित कार्य गरेको भन्दै प्रेश बिज्ञप्ति जारी

रबिन्द्र ठाकूर कार्तिक २२ २०७७

सर्लाहीको हरिपूर्वा नगरपालिकामा रहेको नेपाली कांग्रेस नगर कमिटीको सयोंजक नबिन कुमार यादबले कार्तिक ११ गते जिल्ला कार्य समितीका सभापति बिरुद्ध प्रेश बिज्ञप्ति जारी गरेको छन ।
प्रेश बिज्ञप्ति अनुसार नेपाली कांग्रेश केन्द्रिय निर्वाचन समितीको निर्णय बिपरित सर्लाहीको हरिपूर्वा नगर समितीको सभापतिलाई जिल्ला कार्य समितीका सभापति श्री नागेन्द्र कुमार रायज्यू ले पार्टिको निर्देशन बिपरित आफू खुसी मनोमानी अनूकुलका व्यक्तिलाई सभापति बनाई केन्द्रिय निर्वाचन समितीले गथरेको निर्णय र बिधान बिपरितको कार्य गरि बिधि बिधान सम्मत भएको सभापतिलाई बचिंत गरि पार्टीको हित र निर्देशन बिपरितको कार्य गरे गराएकोले यस नगर कार्य समितीले खेद प्रकट गर्दै यस कार्यको घोर भतर््सना गर्दछ ।

त्यस्तै नेपाली कांग्रेसका सर्लाही प्रदेश कमिटी २ को सभापति सुरेश यादबले समेत जिल्ला कार्य समितीका सभापति बिरुद्ध प्रेश बिज्ञप्ति जारी गरेको छन ।

प्रेश बिज्ञप्ती अनुसार नेपालि काग्रेस क्षेत्र नंम्बर २ प्रदेश कमिटी(क) मा नेपाली कांग्रेश जिल्ला कार्य समितीको सभापति श्री नागेन्द्र कुमार राय ज्यू र नेपालि काग्रेसको केन्द्रिय सदस्य श्री जंगीलाल राय ज्यूको निर्देशनमा यस प्रदेश कमिटी(क) का सभापति लगाएत प्रदेश कमिटी लाई थाहै नदिइ आफू खुसी मनोमानी अनूकुलका नाता कुटुम्बका व्यक्ति श्री रासबिहारी राय ज्यूलाई मिती २०७७ कार्तिक १२ गते बुधबार ब्रह्मपूरी गापा–६मा शुभकामना अदान प्रदान एवं चियापान कार्यक्रम को सभापति बनाई कार्यक्रम संचालन गरे गराएको मा यस क्षेत्र नं. २ प्रदेश कमिटी(क) को गम्भिर ध्यानर्कषण भएको छ । यस्ता कार्य बिधान बिपरित भएकोले उक्त कार्यको घोर र्भत्सना का साथ खेद गर्दै पार्टीको हित र बिधान बिपरितको कार्य समेत नगराउन सम्बन्धित व्यक्तीहरुको ध्यानाकर्षण समेत गराइन्छ ।

Comments
Loading...