नेपाल प्रेस युनियन सर्लाही शाखाको सातौ जिल्ला अधिवेशन बिहीबार हरिपुरमा संपन्न भएको छ। रेडक्रस शाखा कार्यालय हरिपुरमा हिजोबाट सुरु भएको जिल्ला अधिवेशनले पुनः कृष्णप्रसाद थपलियाको अध्क्षयतामा १७ सदस्य कार्यसमिति निर्विरोध चयन भएको हो।
कार्यसमितिको उपाध्यक्ष विनोद महतो,महिला उपाध्यक्ष सिर्जना बस्नेत ,सचिव रामबाबु खड्का,कोषाध्यक्ष लभहरि ढुगेल,सहसचिव अनिता साह, सदस्यहरुमा सुदर्शन रिजाल ,रविन्द्र ठाकुर,,मुकेश मिश्र, अम्बिका बुढाथोकी ,कुमार दाहाल ,मोहन उप्रेती ,चाँदनी दास,उदय पाख्रिन,वर्ष झा,नवीन उप्रेती र अर्पणा मल्लिक निर्विरोध चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ।पत्रकार सोम दियालीको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले अधिवेशन सम्पन्न गरेको हो ।
समतिमा प्रेस युनियनका केन्द्रीय प्रतिनिधि संजय कार्की ,नेपाल शिक्षा संघ सर्लाहीका सचिब रामशरण राय, अधिवक्ता ,मोहन यादब र नेपाली काँग्रेसका जिल्ला सचिव निरज कार्कीको हुनुहुन्थ्यो ।
नवनिर्मित अध्यक्ष थपलियाको अध्यक्षतामा बिहिवार नै कार्यसमितिको पहिलो बैठकले लालबन्दी लालबन्दी नगरपालिका २ का तीन घर अग्नि पीडितलाई खाद्यान्न सामाग्री वितरण गरेको छ। अध्यक्ष थपलिया सहित नवनिर्मित कार्यसमितिले पीडित परिवारको घरमानै पुगेर दाल ,चामल ,तेल लगायतको सामाग्री वितरण गरेको बताएको छ।