सर्लाहीको सदरमुकाम देखि दक्षिणी तथा पुर्वमा रहको पर्सा गाउपालिकाको आयोजनामा पहिलो पटक निशुल्क आखा जाच शिविर सम्पन्न भएको छ ।
सगरमाथा चौधरी आखा अस्पताल लहान तथा आँखा उपचार केन्द्र मलंगवा को सयुंक्त सहयोगमा सम्पन्न निशुल्क आँखा जाच शिविरमा पर्सा गाउपालिकाको वडा १ देखि ६ सम्म को वडाबाट १सय ५७ जना महिला तथा १ सय ७० जना पूरुषले आँखा जाँच गराएको प्रमुश प्रशासकिय अधिकृत शुरेस यादवले वताए ।
पर्सा गाउपालिका ६ पिनपिही पोखरी स्थित रहेको प्राथमिक विद्यालयमा शिविर संचालन गरिएको थियो । निशुल्क आखा जाच शिविर मा १ सय ५ जनामा मोतियाबिन्दु देखिएको र मोतियाबिन्दू बिरामीहरुलाई निःशुल्क अप्रेशनको लागी आजै मलंगवा पठाइएको आयुर्वेद शाखा प्रमुख नविन यादवले जानकारी गराउनू भयो ।
पर्सा गाउपालिका वडा नम्बर ६ को वडाध्यक्ष गणेश साहको अध्यक्षतामा सम्पन्न निशुल्क आखा जाच शिविरको प्रमुख आतिथीको रुपमा पर्सा गाउपालिका प्रमुख धिरेन्द्र यादव रहनुभयो । शिवरिमा सगरमाथा चौधरी आखा अस्पताल लहानको प्रमुख राजकुमार यादवले बिरामीहरुको जाँच सुक्ष्म प्रविधी द्वारा गर्नुभएको छ । कार्यक्रममा पर्सा गाउपालिकाको प्रमुख प्रशासकिय अधिकृत सहित विभिन्न शाखाको प्रमुखहरुको उपस्थिती थियो ।