प्रदेश सभा सदस्यमा स्वतन्त्र उमेद्वार डा. बिरेन्द्र प्रसाद अधिकारीको र्चचा क्षेत्रै भरि अग्रीम स्थानमा
लोकप्रिय अबाज कार्तिक १८ हरिपूर्वा
मसिंर ४ गते हुन गइरहेको प्रत्यक्ष निर्वाचन तर्फको सर्लाही क्षेत्र नम्बर २ को (क) प्रदेश सभा सदस्यको स्वतन्त्र युवा उमेद्वार डा बिरेन्द्र प्रसाद अधिकारी अहिले मत माग्न दिन रात्री अहोरात्र घरदैलोमा व्यस्त छन । सर्लाहीको क्षेत्र नम्बर २ को १ मा सत्ता गठबन्धन बाट सुनिल साह( हसिया हथौडा), जगींलाल राय (रुख), एमाले जसपा गठबन्धन को किसुनदेव राय(सुर्य),जनमत पार्टीको भरत चौधरी(हर्न) छापमा पार्टीगत उमेद्वारको नाउ मुख्य र्चचामा रहेको छन । त्यस्तै स्वतन्त्र तर्फ प्रदेश सभा सदस्यमा युवा नेता डा बिरेन्द्र प्रसाद अधिकारी(लालटेन) तथा पुर्व प्रदेश माननिय रामनरेश राय(जेब्रा) छापमा मुख्य चर्चित उमेद्वार को नाउ जनता बिच आइरहेको छ ।
दलगत उमेद्वारहरुको कडा प्रतिस्पर्धा बिच स्वतन्त्र उमेद्वार युवा तथा बिकास प्रेमी भएको ले सर्लाही क्षेत्र नम्बर २ कोे (क)मा डा बिरेन्द्र प्रसाद अधिकारी युवाहरु बिच निकै नै लोकप्रिय बनेको छन । चाइना देशबाट शिक्षा हासिल गरेर आउनुभएको डा. यादव बिगत ४ बर्ष देखि समाज सेवा तथा नगर बिकासमा सक्रिय रहेको छ ।
सर्लाहीको हरिपूर्वा नगरपालिका ५ मा स्थायी घर रहेको डा यादव ले जनताले मलाई मतदान गरि बिजयी बनाइ प्रदेशमा पठायो भने जनताको हकहितमा तथा आफ्नो क्षेत्रको बिकासमा कहिले पनि पछाडी नहटने उहाँले बताए ।
चुनाव नजिक्दै जादा अहिले उमेद्वारहरु घरदैलोमा व्यस्त छन ।