मधेस प्रदेशमा एमाले र जसपाको भागमा १४–१४ सिट
अन्नपूर्ण बाट समाचार लिइएको छ
काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच मधेस प्रदेशमा १४–१४ सिट बाँड्ने सहमति भएको छ। बाँकी ४ सिटमा मित्रवत् प्रतिस्पर्धा हुने भएको छ। दुई पार्टीबीच धनुषा २, महोत्तरी २, रौतहट १ र बारा ३ मा मित्रवत् प्रतिस्पर्धा हुने भएको छ।
त्यस्तै मधेसको प्रदेशसभा तर्फ जसपाले १४ र एमालेले ३० सिटमा तालमेल गर्ने सहमति भएको हो। ६४ सिट रहेको प्रदेशसभामा बाँकी ठाउँमा मित्रवत् प्रतिस्पर्धा हुने सहमति भएको छ।
नेकपा एमालेले सप्तरी क्षेत्र ३ लिँदा जसपाले १, २ र ४ क्षेत्र लिएको छ। सिरहामा १ र ३ एमालेले लिँदा २ र ४ जसपाले लिने सहमति भएको छ। त्यस्तै धनुषाको ३ र ४ एमालेले लिँदा क्षेत्र १ जसपाले लिएको छ। महोत्तरी १ भने एमाले र ३ र ४ जसपाले लिने सहमति भएको छ।
त्यस्तै सर्लाही २ र ३ एमालेले लिँदा १ र ४ जसपाले लिने सहमति भएको छ। रौतहटको ३ र ४ एमालेले लिँदा जसपाले २ लिने सहमति भएको छ। त्यस्तै बाराको १ र ४ एमाले र २ जसपाले लिने सहमति भएको छ। पर्साको ३ र ४ एमाले र १ र २ जसपाले लिने सहमति भएको छ।