मनोनयन दर्ताको पहिलो दिन हरिपूर्वा नगरपालिकामा जनमत पार्टीले मात्र उमेदवारी दर्ता गराए
रबिन्द्र ठाकुर ११ बैशाख २०७९
स्थानिय चुनाव २०७९ बैशाख ३० को लागी आज देखि बिधिवत रुपमा निबार्चनको कार्य शुरुवात भइसकेको छ । बैशाख ११ र १२ गते राजनितिक दल तथा स्वतन्त्र उमेदबारहरु लाई बिभिन्न पदको लागी मनोनयन दर्ता गराउने समय तोकिए अनुसार सर्लाहीको हरिपूर्वा नगरपालिकामा आज ४ वटा पार्टीले उमेदवारी दर्ता गराउने भनिएपनि टिकट र उमेदवारको तालमेल नमिलेको कारण जनमत पार्टी नेपालले मात्रै ४६ वटा पदको लागी उमेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत शंकर राज लुइटेल ले बताएको छन ।
१० बजे देखि शुरु भएको उमेदवारी दर्तामा अन्य पार्टी को उपस्थिती नभएपछि ५ः०० बजे उमेदवारी दर्ता आजको लागी रोकिएको सहायक निर्वाचन अधिकृत सकलदेव रायले बताए । जनमत पार्टी नेपाल बाट नगर प्रमुख मेयर पदको लागी दिनेश यादवले आफ्नो उमेदवारी दर्ता गराएको छन । त्यस्तै य.उपमेयरमा निलम कुमारी साह,वडाध्यक्ष हरुमा वडा नम्बर १ बाट राकेश राय,२ बाट बेचु साह,३ बाट भजेन्द्र साह,४ बाट बिजय कुमार पण्डित, ५ बाट राम कैलाश साह, ६ बाट रामजी ठाकुर,७ बाट सुरेन्द्र राय, ८ बाट रबिन्द्र राय र ९ बाट राम श्रृष्ठ साहले आफनो सदस्य सहित उमेदवारी दता गराएको वडा १ को वडाध्यक्ष उमेदवार राकेश कुमार यादव ले बताए ।