माण्डवी संस्था द्वारा एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

मुकेश झा

हरिपूर्वा । शि लिडस कार्यक्रम अन्र्तगत सर्लाहीको हरिपूर्वा नगरपालिकामा बुधबार लैगिंक समानता र निर्वाचित महिला जनप्रतिनिधीहरुको राजनितिक सहभागीता तथा निर्णय प्रक्रियामा मेयर र अध्यक्षहरुको भुमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।


माण्डवीको सर्लाही कार्यक्रम संयोजक मनिल श्रेष्ठको अध्यक्ष्तामा सम्पन्न कार्यक्रमको प्रमुख आतिथीको रुपमा हरिपूर्वा नगरपालिकाको प्रशासकिय अधिकृत कुमार परियार रहनुभयो । कार्यक्रममा प्रशिक्षक वनिता कार्की ले सहभागी जनप्रतिनिधीहरु लाई महिला नेतृत्व सम्बन्धी जानकारी गराउनुभयो । कार्यक्रममा हरिपूर्वा वडा नम्बर १ देखि ९ नम्बर सम्मको वडाध्यक्ष कार्यपालिका सदस्य पत्रकार महिला बिकास शाखा प्रमुख धनमाया खडका सहितको उपस्थिती थियो ।

Comments
Loading...