मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह अस्पताल अनुुगमनका लागि सर्लाहीको लालबन्दी आइपुुग्नुु भएको छ । प्रदेशभरका निजी अस्पताल अनुुगमन गरी अवैधलाई बन्द गराउने र दर्ता भएर पनि मापदण्ड विपरीत सञ्चालित भएकालाई सुधार गर्न निर्देशन दिने अभियानमा रहनुुभएका मुख्यमन्त्री सिंह अस्पताल अनुुगमनकैक्रममा शनिबार साँझ सर्लाहीको प्रमुख बजार लालबन्दी आइपुुग्नुुभएको थियो । उहाँले लालबन्दीका अस्पताल, पोलिक्लिनिक र अन्य निजी अस्पतालको अनुुगमन गरिरहनुुभएको छ । मुख्यमन्त्री सिंह महोत्तरीको बर्दिवासका स्वास्थ्य संस्थाको अनुुगमनपश्चात पूर्व पश्चिम राजमार्गस्थित सर्लाहीको लालबन्दी बजारमा सञ्चालित अस्पताल अनुुगमन गर्न पुग्नुभएको थियो । मुख्यमन्त्री सिंहले लालबन्दीमा पत्रकारहरुसँग कुरा गर्दै आफूले अनुुगमन गर्दा विभिन्न जिल्लामा बन्द गर्न निर्देशन दिँदा समेत अस्पताल सञ्चालन गरिरहेको पाइएकाले यसको निगरानी गर्न प्रदेश प्रहरी प्रमुखलाई भनिसकिएको बताउनुुभयो । मुख्यमन्त्री सिंहले आफूले अनुुगमनका क्रममा हिजोसम्ममा प्रदेशका आठवटा जिल्लामा ७५ वटा अवैध अस्पताल, पोलिक्लिनिक तथा अन्य स्वास्थ्य संस्था बन्द गर्न निर्देशन दिइसकेको जानकारी दिनुुभयो ।
लालबन्दी र नवलपुरका १९ वटा अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सर्लाहीको लालबन्दी र नवलपुरका १९ वटा अवैध स्वास्थ्य संस्था बन्द गर्न निर्देशन दिएका छन् ।
उनी निजी अस्पताल तथा स्वास्थ्य संस्थाको अनुगमन गर्न गएसाँझ लालबन्दी आइपुगेका थिए । त्यसक्रममा अवैद्य ढंगले संचालित लालबन्दी र नवलपुर बजारका १९ वटा स्वास्थ्य संस्था तत्काल बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन् ।
अनुगमन गरिएकामध्ये दुईवटाको कागजात दुरुस्त र बाँकी दुईवटाको नवीकरण फेल भएकाले तत्काल नवीकरण गर्न निर्देशन दिइएको मुख्यमन्त्री सिंहले उल्लेख गरेका छन् ।