राष्ट्रिय रोजगार प्रबर्द्धन केन्द्रद्वारा हरिपुर्वा नगरपालिकामा सुत्केरी गर्भवती र बालबालिकाको खोप सम्बन्धि जनचेतनामूलक कार्यक्रम सप्पन्न
मुकेश झा
हरिपुर्वा ५ गते । वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र राष्ट्रिय रोजगार प्रबर्द्धन केन्द्र द्वारा संचालित एकीकृत पोषण तथा जिविकोपार्जन परियोजना द्वारा गठन भएको( CVA ) नागरिक अवाज र कर्तव्य समूहले हरिपुर्वा नपा ३ धनकौलमा स्थानीय निकाय, समुदायका बुद्धिजीवी बर्ग ,युवा र CVA का सदस्यहरुको उपस्थितिमा सरसफाइ अभियान कार्यक्रम सप्पन्न भएको छ ।
कार्यक्रममा सुत्केरी महिला, गर्भवती महिला तथा बालबालिका लाई दिइने नियमित खोप सम्बन्धि जनचेतना जगाउने कार्य समेत भएको RRPK को स्वास्थ्य फिल्ड अधिकृत कर्मचारी राजेश साहले बताए ।