रूपान्तरण सहजकर्ता द्वारा हरिपुर्वा नगरपालिकामा बालबिवाह, लागु पदार्थ विरुद्ध को सडक नाटक प्रस्तुत
लोकप्रिय समाचारदाता
असार ३१ सर्लाही । बागमती सेवा समाज नेपाल र वर्ल्ड भिजन इन्टरनेसनल नेपालको साझेदारिमा संचालित बाल संरक्षण तथा बाल स्पोन्सरसिप परियोजना अन्तर्गत हरिपुर्वा न.पा. मा रूपान्तरण सहजकर्ता द्वारा बालबिवाह, लागु पदार्थ विरुद्ध को सडक नाटक विभिन्न वडा को टोलहरु मा प्रस्तुत गरियो। नाटक मा समाजलाई सकारात्मक परिवर्तन ल्याउन समाजमा हुने विभिन्न प्रकारका हुने घटना लाई समेटी ड्रामा देखाइएको थियो ।
बालविवाह तथा लागु पदार्थ विरूद्दकाे सडक नाटक बालविवाहमा कमी तथा बाललबालिका तथा किशाेरकिशाेरीहरू कुलतमा फस्नबाट राेकथाम गर्न सडक नाटक देखाइएको बागमती सेवा समाजका (नाटक संचालक)फिल्ड माेविलाइजर सुबोध कुमार महताेले जानकारी दिनु भयो।
समाजमा यस्ता घटनाहरु बढ्दो गएको ले बालबालिका तथा किशोकिशोरीहरु लाई क्षमता अभिवृद्धि गर्ने तालीम, नाटक, अभिमुखीकण जस्ता कार्यक्रम अझ सञ्चालन गर्न समाज का व्यक्ति द्वारा माग आएको छ।
बागमति सेवा समाजले बालबालिकाको छेत्रमा लामो समयदेखि काम गर्दै आयको छ । बालबिबाह रोक्न स्थानिय सरकार सङग सङगै रहेर पैरबी गर्नी काम समेत भैरहेको देख्न सकिन्छ । सर्लाहीको हरिपुर्वा र पर्सा दुबै स्थनिय क्षेत्रमा बालबिबाह बालबाकिका सम्बन्धी पहिले समस्या पनी हो
सहभागी सीता चौधरीका अनुसार सचेतना जगाउन सडक नाटक एकदमै प्रभावकारी रहेकोे छ ।
यस्ता अभियान र कार्यक्रम निरन्तर हुन जरुरी देखिन्छ ।