विभिन्न घटनामा सर्लाहीमा ३ को मृत्युु २ घाइते

मुकेश झा

सर्लाहीको बागमती नगरपालिका–२, जिरायतमा आज अपरान्ह दुुई वटा मोटरसाइकल जुध्दा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ । दुर्घटनामा दुुई जना घाइते भएका छन् । आज अपरान्ह ४ बजेतिर पुतली चोकबाट सोल्टी बजारतर्फ जाँदै गरेको प्रदेश–३–०२–००६ प ७८६८ र बा. ५६ प ५२६ नम्वरको मोटरसाइकल जुध्दा दुवै मोटरसाइकल चालकको मृत्युु भएको हो । दुर्घटनामा बा. ५६ प ५२६ नम्वरको मोटरसाइकल चालक रौतहटको बिसुनपूर्वा गाउँका ३३ वर्षीय नागेन्द्र साह सोनार र प्रदेश–३–०२–००६ प ७८६८ नम्वरको मोटरसाइकलका चालक काठमाडौं महानगरपालिका २३ बसन्तपुर बस्ने ३० वर्षीय विवेक मानन्धरको मृत्युु भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिनुुभयो । उहाँका अनुसार दुवै मोटरसाइकलका चालकलाई प्रहरीले उद्धार गरी उपचारका लागि चन्द्रनिगाहपुर अस्पताल रौतहट लैजाँदा चिकित्सकले मृत घोषणा गरेका छन् । दुर्घटनामा बा. ५६ प ५२६ नम्वरको मोटरसाइकल पछाडि सवार भारतको बिहार राज्य बकुलिया बस्ने ३४ वर्षीया मुनिदेवी साह सोनार र रौतहटको विसुनपूर्वा गाउँकी ३२ वर्षीया चनचलदेवी साह घाइते हुुनुुभएको छ । उहाँहरुलाई बागमती मोडेल अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि वीरगन्जतर्फ रेफर गरिएको छ । तीव्र गतिका कारण मोटरसाइकल आपसमा ठोक्किएको आंकलन गरिए पनि दुर्घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

करेन्ट लागेर पुजारीको मृत्यु
सर्लाहीको बलरामा मङ्गलबार करेन्ट लागेर एक जना पुजारीको मृत्यु भएको छ ।
बलरा नगरपालिका ५ महतो टोलका बिजय महतोको घरमा पुजा गराउन गएका पुजारी गोडैता नगरपालिका २ का ७० वर्षीय महादेव महतोको मृत्यु भएको हो । महतोलाई मोटर जडान भएको चापाकलमा पानी खानेक्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर घाइते महतोलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरी चौकी अर्नाहाले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा नै रहेको छ ।

Comments
Loading...