जानकीनगर, ३२ असार – सर्लाहीको हरिपुर नगरपालिका–१, जानकीनगरमा सडक बनाउन खनिएको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
जानकीनगरका दिनेश यादवको छोरा छ वर्षीय सुशान्त यादवको पानीमा डुबेर मृत्यु भएको हो । हिजो बिहान १० बजेदेखि बेपत्ता भएका बालकलाई गएराति ११ बजेतिर सडक निर्माणको लागि जेसिबीले खनेको खाल्डोमा जमेको पानीमा मृत फेला पारिएको प्रहरीले जनाएको छ ।
मृतक बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) निरन्जन भट्टराईले जानकारी दिए ।
डिएसपी भट्टराईका अनुसार मध्यरातमा शव फेला परेकाले आज बिहान घटनास्थलको प्रकृति मुचुल्का गरिएको छ । उनले घटनास्थलमा कुनै प्रकारको समस्या नरहेको बताए ।