Warning: session_start(): open(/tmp/sess_q1jh7oe3vpql62qdp0f6491f42, O_RDWR) failed: No space left on device (28) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
सम्सी गाउँपालिकामा निर्वाचन यता ११ जना अधिकृत र ४ महिनामै ३ अधिकृत परिवर्तन – lokpriyaawaj

सम्सी गाउँपालिकामा निर्वाचन यता ११ जना अधिकृत र ४ महिनामै ३ अधिकृत परिवर्तन

लोकप्रिय अवाज २०७८ फाल्गुन १८ गते बुधवार

स्थानिय तह निर्वाचन यता ११ जना अधिकृत र ४ महिनामै ३ अधिकृत परिवर्तन
महोत्तरीको सम्सी गाउँपालिकामा पछिल्लो चार महिनामा तीन जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएयता ११ जना प्रशासकीय अधिकृत फेरिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेका कर्मचारी गाउँपालिकामा आएर सम्पूर्ण जानकारी लिई काम गर्न थालेपछि राजनीतिक दबाबमा सरुवा हुन बाध्य छन् ।

प्रमुख प्रशासकीय अधिकृतको सरुवा नगर्न पटकपटक आग्रह गर्दा पनि मन्त्रालयले कर्मचारीको सरुवा गरेको पालिका अध्यक्ष शेष फारुकले बताए । उनले मन्त्रालयलाई विपक्षी बनाएर ०७८ पुस ५ मा सर्वोच्च अदालतमा रिट हालेका थिए । रिटमा सुनुवाइ गर्दै सर्वोच्चले पुस ७ मा मन्त्रालयको सरुवा बदर गरेको थियो ।

अन्तरिम आदेशअनुसार मन्त्रालयले पुस २९ मा सम्सीमा प्रशासकीय अधिकृत पदमा गणेशचन्द्र मिश्रलाई पठाएको थियो । मिश्र आएको एक महिना नबित्दै राजनीतिक दलका प्रतिनिधि उनको सरुवाका लागि मन्त्रालयमा पुग्न थालेका छन् । मिश्रको अन्यत्र सरुवा भए असहज परिस्थिति हुन सक्ने भन्दै आन्दोलन गर्ने कार्यपालिका बैठकले निर्णय गरेको पालिका अध्यक्ष फारुकले जानकारी दिए । समाचार स्रोत:- कान्तिपूर

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_q1jh7oe3vpql62qdp0f6491f42, O_RDWR) failed: No space left on device (28) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0