सर्लाहीको विकट क्षेत्रमा पर्ने लालबन्दी नगरपालिका–१४, डाइनी खोलाबाट ११२ केजी ७८ ग्राम गाँजासहित एक जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले चुरेक्षेत्रस्थित डाइनी खोलाबाट सोही ठाउँका ४२ वर्षीय सोमबहादुर तामाङलाई ठूलो परिमाणमा अन्यत्र निकासका लागि प्लाष्टिकमा प्याक गरेर तयार पारिएको लागुऔषध गाँजासहित पक्राउ गरेको हो । लालबन्दी प्रहरीले मङ्गलबारअपरान्ह कार्यालयमा पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएको हो ।
लागुुऔषध गाँजाको कारोवार भइरहेको सूचना पाएर सोमबार राति १० बजे प्रहरी टोली डाइनी खोला पुुगेको थियो । प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको बीआर ३२ ए एन ०८१७ नम्वरको भारतीय स्कारपियो र लु. २२ प ३८९४ नम्वरको मोटरसाइकल समेत बरामद गरेको छ ।
प्रहरी टोली पुुग्दा गाँजा ओसारपसारमा संलग्न रहेका अन्य व्यक्ति भने फरार हुन सफल भएका छन् । प्रहरीले पक्राउ गर्न सफल भएको सोमबहादुरलाई मङ्गलबार सर्लाही जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ ।
गाँजा ओसारपसारमा संलग्न अन्य व्यक्तिका सम्वन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिनुुभयो । भौगोलिकरुपमा विकट लालबन्दी नगरपालिका १४ नारायणखोलाको चुरेपाखामा अन्य बालीको राम्रो उब्जा नहुने भन्दै स्थानीयले व्यावसायिकरुपमा प्रतिवन्धित लागुऔषध गाँजाको खेती गर्दै आइरहेका छन् ।
Sign in / Join
Sign in
Recover your password.
A password will be e-mailed to you.
Comments