सर्लाहीको बसबरियामा ट्याक्टर पल्टिँदा चालकको मृत्यु

लोकप्रिय समाचारदाता

बसबरिया, ०४ चैत – जिल्लाको बसबरिया गाउँपालिका–३, कोठियार टोलमा आज साँझ खेत जोतेर फर्किदै गरेको ट्याक्टर पल्टिँदा चालकको घटनास्थलमै ज्यान गएको छ ।
मन्दिरवा टोलबाट कोठियारतर्फ आउँदै गरेको प्रदेश–२–०२–००१ त ०४३५ नम्वरको ट्याक्टर आफै अनियन्त्रित भइ पल्टिँदा चालक सोही ठाउँका २५ वर्षीय दीपेन्द्र माझीको घटनास्थलमै ज्यान गएको हो । तीव्र गतिका कारण ट्याक्टर अनियन्त्रित भइ पाँच फिट तल नहरमा खसेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनायो ।
ट्याक्टरमा रहेका अर्का एक व्यक्ति भने सकुशल रहेका छन् । मृतकको शव घटनास्थलको प्रकृतिमुचुल्का गरी प्रादेशिक अस्पताल मलंगवा पुर्याएको छ ।

Comments
Loading...