Warning: session_start(): open(/tmp/sess_16v8v5ao9p19cghh8jbe7i79i5, O_RDWR) failed: No space left on device (28) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
सर्लाहीमा मलको हाहाकार ,सरकार छ लाचार – lokpriyaawaj

सर्लाहीमा मलको हाहाकार ,सरकार छ लाचार

लोकप्रिय सोमाचारदाता २०७८–०४–२१

नेपाल कृषि प्रधान देश हो । यहा को अधिकाशं जनता कृषिमा नै अधारीत छ । खेति गर्न मल को आबश्यक्ता छ तर किसान ले समयमा मल पाउदैन ।
धान खेतमा युरिया हाल्ने बेला भएको छ । रोपाइँ गरेको २५–३० दिनमा युरिया मल हालिसक्नुपर्छ । तर, सर्लाही का किसानले युरिया नपाएर भौतारिनुपरेको छ । मल वितरण गर्दै आएका सहकारीहरूमा मलका लागि किसान पुग्ने गर्छन् । र, रित्तो हात घर फर्कन्छन् ।

नेपाल सरकारको नया एन अनुसार स्थानिय तहको प्रत्येक वडामा डिलर संचालन गरिएको छ । सर्लाही भरिमा करिब २ सय वटा डिलर छन । उतरी भेगको केही स्थानिय तहमा प्रयाप्तरुपमा मल पाए पनि सर्लाहीको दक्षिणी भेगमा मलको आभाव छ ।
स्थानीय तहमा मल आए पनि सबै किसानले मल पाउन सकिरहेका छैनन् जसको कारण हो कृषि समाग्री कम्पनी बाट प्रयाप्त रुपमा मल नपाउनु । एउटा वडामा कम्तीमा ५सय परिबार संख्या छ तर कम्पनी ले एउटा वडामा ५० वटा मल डिएपी,युरीया र पोटास मिलाएर दिने गरेको कारण सबै किसान लाई मल दिन गाह« रहेको हरिपूर्वा नगरपालिका ६ को डिलर अध्यक्ष भिखारी रायले बताउनु भयो ।

कृषि समाग्री कम्पनी बाट समेत मल वितरणमै विभेद हुने गरेको छ, कम्पनीमा समान रुपमा धरौटी बापत ५० हजार नगद बुझाए पनि कसै लाइ काखा कसैलाइ पाखा गरिरहेको एक डिलर ले बताए । कृषि समाग्री कम्पनि को प्रमुख दिपक कुमार बरमले को अनुसार बागमति नगरपालिका,हरिवन नगरपालिका,लालबन्दी नगरपालिका,सहितको उत्तरी भेगमा पर्ने स्थानिय तहलाई जिल्ला प्रशासन कार्यलय को पुर्व प्रमुख हेमराज तमागं ले नै प्रयाप्त रुपमा मल दिइने र दक्षिणी भेगको किसान भारत बाट पनि मल ल्याउन सक्ने भएको ले दामा साहि को हिसाब ले बितरण गर्ने आदेश दिनुभएको बताउनु भयो ।

नेपालमा अनुदानको मल बितरण गर्न कृषि समाग्री कम्पनी लाई ७० प्रतिशत र शाल्ट ट्रेडिगं कर्पोशन लाइ ३० प्रतिशत मल बितरण गर्ने जिम्मा दिएको शाल्ट ट्रेडिगं को सर्लाही प्रमुख सजिंव झा ले वताउनुभयो ।

सर्लाहीको डिलरहरु मा मल नपाए पनि काला बजारी प्रयाप्तरुपमा भइ रहेको छ । डिलर बाहेकको बिषादि पसल,किराना पसल सहितको ठाउहरुमा महगो दरमा नेपाली डिएपि युरीया निर्बाधरुपमा बिक्री भइरहेको हरिपूर्वाको किसान मनोज कुमार रायले वताए । ‘मल नपाउँदा धान बाली बिग्रिन लागेको छ ।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_16v8v5ao9p19cghh8jbe7i79i5, O_RDWR) failed: No space left on device (28) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0