असोज २३ ,सर्लाहीमा जंगली हात्तीको आक्रमणबाट मंगलबार बिहान एक जनाको ज्यान गएको छ। रामेछाप लिखुतामाकोसी गाउँपालिका घर भैइ हरिवन नगरपालिका- ७ टाईवान टोल बस्ने १८ वर्षीय शिव प्रसाद दाहालको हात्तीको आक्रमणबाट ज्यान गएको सव डिभिजन वन कार्यालय जानकीनगरका सहायक वन अधिकृत विनयकुमार साहले जानकारी दिनुभयो ।जानकीनगरको जंगलमा बिहान घाँस दाउरा लिन आएका बेला दुबै जनालाई जंगली हात्तीले आक्रमण गरेको थियोे ।उनीसँगै आएका अर्को साथी पनि हात्तीको आक्रमणबाट घाइते भएका छन । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको बताएको छ। जंगली हात्ती मान्छे मारेको पाएपछि वनका कर्मचारी र प्रहरी घटना स्थलमा पुगेका छन् ।
								
									
								 Sign in / Join							
							
								
									
											
										
											
		
					
								
			
			
	
										
									
								
							
												
				
				
				 Sign in
				
					
						
						
										
				
			
			Recover your password.
A password will be e-mailed to you.
