सर्लाही जिल्लाको विभिन्न स्थानीय तहहरूमा कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको समयमा डिजे आतंक शुरु, स्थानिय सरकार र प्रहरी पनि मौन
लोकप्रिय समाचार २०७७- ०३ -०३
सर्लाही जिल्लाको विभिन्न स्थानीय तहहरूमा कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको अवस्थामा सदरमुकाम मलंगवा सहितका हाट, बजारहरू पूर्ण रुपमा खुल्न थालेका छन् । त्यहाँ क्रेता र बिक्रेताबिच सामाजिक दूरी कायम गर्नु अनिवार्य रहेपनि सामाजिक दूरी कायम भएको छैन ।हाट, बजारहरूमा खाद्यान्न तथा अत्यावश्यक बाहेकका पसलहरू खुल्न थालेपछि लकडाउनले आजित बनेका सर्वसाधारणको चहलपहल ह्वात्तै बढेको हो । विगत तीन दिनयताको हरिपूर्वा,मलंगवा,हरिऔन,सहित सर्लाहीका अन्य हाट, बजार क्षेत्रको दृश्य झट्ट हेर्दा लाग्छ कुनै पर्व त्योहार मनाइँदैछ ।
सर्लाहीको विभिन्न हाट, बजारका सम्पूर्ण पसलहरू पूर्ण रुपमा खुलेका छन् । कोरोनाबाट जोगिनका लागि मुखमा अनिवार्य रुपमा मास्कको प्रयोग, कम्तिमी एक मिटरको सामाजिक दूरी कायम हुनुपर्ने, स्यानिटाइजरको प्रयोग, पसलेहरूले आफ्नो सुरक्षाका लागि ग्लोभ्सको प्रयोग लगायतका अति आवश्यक सावधानीहरू अपनाउनुपर्नेमा त्यस्तो कुनै सावधानी अपाइएको छैन, जसको मुख्य उद्धाहरण बनेको छ बिहेबारीमा खुलेआम डिजे बाजा बोलाउदै सयको संख्यामा भेला भएर नाचगान गरिरहेको देखिन्छ । नेपाल सरकारले लकडाउन समाप्त गरेपनि समाजिक दुरी र मास्कको प्रयोग अनिबार्य हुनुपर्ने निर्देशन जारी गरेपनि बिना मास्क र समाजिक दुरीको खयाल नै नगरि जथाभावि हिडडुल भइरहेको छन ।
त्यस्तै बिभिन्न पसल तथा बैंकहरुमा पनि पैसा लेनदेन गर्दा सामान्य दूरीसम्म कायम नभएको स्थानीय बताउँछन् । खुल्ला हातले पैसा लेनदेन गर्दा सङ्क्रमणको जोखिम बढ्ने चिकित्सकको भनाइ छ ।यता कपडा, मोबाइल, कस्मेटिकलगायत पसलहरूमा समेत व्यापक भिड बढेको छ । लकडाउन खुल्ला भएको भनी खबर फैलिएसँग ग्रामीण क्षेत्रहरूबाट हुलका हुल हाट, बजारहरूमा रुपमा आउन थालेका छन् ।लकडाउन पालना गराउन सक्रिय रहने नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको समेत बजारमा उपस्थिति शुन्य जस्तै भएको छ । प्रहरी टोलीसमेत लकडाउन पालना गराउन