सिकाई परियोजना अन्तर्गत गठित बाल अधिकार समितिको अगुवाइमा हरिपुर्वामा विद्यालय भर्ना अभियान

मुकेश झा २०८० वैशाख–१८ ,

सर्लाही, वैशाख–१८ ,सर्लाहीको हरिपुर्वा ९ मा वडास्तरीय बालअधिकार समितिले विद्यालय भर्ना अभियान अन्तर्गत आइतवार घरदैलो कार्यक्रम गरेको छ ।

राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र आआरपिके सर्लाहीले सञ्चालन गरेको समावेशी शिक्षा सुदृढीकरण सिकाई परियोजना अन्तर्गत गठित बाल अधिकार समितिले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयको पहूँच सम्म ल्याउने उदेश्यका साथ र्‍यालीसहित भर्ना अभियान सञ्चालन गरिएको आरआरपिके सर्लाहीका संरक्षण संयोजक नागेन्द्र प्रसाद साहले जानकारी दिएका छन् ।


उनका अनुसार हरिपुर्वा नगरपालिकाको वडा नम्बर ९ का विभिन्न वस्तीका घरघरमा पुगेर बालबालिकालाई विद्यालय भर्ना गराउन आव्हान गरिएको थियो । ‘समयमै भर्ना, समयमै ज्ञान गुणस्तरीय शिक्षा, सबैको अभियान’ भन्ने नाराका साथ गरिएको र्‍याली तथा घरदैलो अभियान कार्यक्रमको वडास्तरीय बालअधिकार समितिसहित समुदाय परिवर्तन समुह, नागरिक आवाज र कर्तव्य समूहले नेतृत्व गरेका थिए ।


अभियानका क्रममा उनीहरुले बाल विवाह र बाल श्रम न्यूनिकरणमा समेत भूमिका खेल्न अभिभावकहरुलाई आग्रह गरेका थिए । उनीहरुले बालबालिकालाई श्रममा लगाउनु, बालबालिकाको सानै उमेरमा विवाह गर्नु कानून विपरीत भएको भन्दै बालबालिकालाई बालमैत्री वातावरणमा पढ्न, बढ्न र हुर्कन दिनु अभिभावकको कतव्य भएको बताएका थिए । अभियानका क्रममा सिकाई परियोजनाकी सिकाई परिचालक शकुन्तला धामीले अभियानको बारेमा जानकारी गराएकी थिईन् ।
कार्यक्रममा वडाका जनप्रतिनिधिहरु, सिभिए ग्रुप, सिचेन्ज ग्रुप, सिआरसि ग्रुपका सदस्यहरु र विभिन्न विद्यालयका शिक्षकशिक्षिका तथा विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

आरआरपिके सर्लाहीले जिल्लाको हरिपुर्वा नगरपालिका, पर्सा, चन्द्रनगर र ब्रह्मपुरी गाउँपालिका गरी ४ ओटा पालिकाका ५८ ओटा सामुदायिक विद्यालय तथा २१ ओटा मदरसाहरुमा गुणस्तरीय शिक्षा सुदृढीकरण परियोजना सञ्चालन गरिरहेको छ ।
अष्ट्रेलियन एडको आर्थिक सहयोगमा आरआरपिके सर्लाहीसहित वल्र्ड भिजन, वल्र्ड एजुकेशन, ह्याण्डीक्याप इन्टरनेशनल र सम्बन्धित पालिकाको साझेदारीमा सञ्चालन भएको परियोजना अन्तर्गत विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयको पहूँच सम्म लैजान विद्यालय तथा समुदायक स्तरमा विभिन्न शैक्षिक क्रियाकलापहरु सञ्चालन गर्दै आईरहेको छ ।

Comments
Loading...