हरिपुर्वा नगरपालिकाको आम नगरवासीमा नगर प्रमुख सियाराम रायको अपिल
लोकप्रिय अबाज २०७७–कार्तिक–१६
नेपालको संबिधान २०७२ ले नेपाललाई संघीयतामा परिबर्तन गरी समृद्ध नेपाल बनाउन देशलाई संघीयतामा परिणत गरेको कुरा सर्बबिदतै छ । जनताको घर नजिकको सरकार भनेर स्थानीय सरकारलाई चिनिन्छ । यसै अनुरुप हरिपुर्वा नगरपालिका बि.स.२०७३ बाट विधिवत रुपमा स्थानीय सरकारको रुपमा खडा भई निरन्तर रुपमा जनतालाई सेवा प्रवाह गर्दै आएको कुरा आम जनमासलाई थाहा नै छ । हामी जनप्रतिनिधी र जनताले गरेको अपेक्षा अनुरुप बिकास हुन सकेन। पच्छिल्लो तिन बर्षमा कर्मचारीको अभाव, जनप्रतिनिधिमा काम गर्ने अनुभबमा कमि, प्रष्ट कानुनको अभाव तथा केन्द्र सरकारको समय समयमा हुने परिबर्तित निर्णयको कारण सबै बजेट परिचालन हुन सकेन।गत बर्ष कोरोना भाईरस कोबिड १९ को माहामारीले देशैभरी नै बन्दाबन्दी घोषणा भएकोले अपेक्षा गरेअनुसार बजेट चलाउन नसकिएको सबैलाई थाहा भएको कुरा हो।अघिल्ला बर्षहरुमा बांकी रहेका योजना यथासिघ्र संचालन गर्नुपर्ने र नगरिए बजेट स्वतः फिर्ता हुने केन्द्र सरकारको परिपत्र रहेकोले सबै सरोकारवालाहरु, नगरबासीहरु, राजनैतिक दलहरुलाई आगामी मिति २०७७–०७–२१ गते हुन लागेको बिशेष नगरसभा सफल पारिदिनु हुन सादर अनुरोध छ।साथै नेपाल कम्युनिष्ट पार्टी हरिपुर्वा नगर राजनैतिक संयन्त्र समितिलाई पनि पुर्ववतः रुपमा घोषित जुलुस तथा तालाबन्दीका कार्यक्रम रहेकोले मिति२०७७–०७–१९ गते बुधवारका दिन नगरपालिकामा आबश्यक छलफल तथा बार्ताको लागि आव्हान गरिन्छ र बिशेष नगरसभालाई सफल पार्न सहयोग गरिदिन र बिकास निर्माणका कामहरु अघि बढाउन सभ्य र शान्त बाताबरण सिर्जना गरिदिनु हुन हरिपुर्वा नगरपालिका सबैमा हार्दिक अपिल गर्दछ।