हरिपुर्वा नगरपालिकाद्वारा आठौ नगरसभा बाट ५२ करोड भन्दा बढीको बजेट बिनियोजन
मुकेश झा २०७८ अषाढ १०
आर्थिक वर्ष २०७८÷०७९ का लागि हरिपुर्वा नगरपालिकाले जम्मा ५२ करोड, २५ लाख, ८५ हजार रुप्याको अनुमानित बजेट खर्च बिनियोजन गरेको छ ।
हरिपुर्वा नगरपालिकाको आठौे नगर सभाबाट वजेट निति तथा कार्यक्रम अन्तर्गत पेश गरिएको बजेट खर्च आषाढ १० गते नगरप्रमुख सियाराम रायले पढेर नगर साभामा पेश गर्नुभएको छ ।
आव २०७८÷०७९ मा हरिपुर्वा नगरपालिकाले विभिन्न वजेटको स्रोतहरु वाट जम्मा रु ५२ करोड, २५ लाख, ८५ हजार रुपैया प्राप्त गरेको छ।
नेपाल सरकारको वित्तिय समानीकरण अनुदान बाट रु ११ करोड, ७१ लाख प्राप्त गरेको छ । त्यस्तै नेपाल सरकारको राजस्व वाड फाड बाट रु ७ करोड, ३७ लाख, ५७ हजार, नेपाल सरकार वाट सशर्त अनुदान तराइ मधेश समृद्धि तथा प्रधानमन्त्रि स्वरोजगार समेत बाट रु १२ करोड, ७८ लाख, प्रदेश सरकारबाट समानिकरण अनुदान रु ८० लाख, २८ हजार,नेपाल सरकार वाट प्राप्त हुने अनुमानित सामाजिक सुरक्षा रु ११ करोड, बहु क्षेत्रिय पोषण कार्यक्रममा रु १९ लाख, प्रदेश सर्शत अनुदानमा रु.८० लाख,प्रदेश राजस्व बाडफाडमा ३६ लाख ९५ हजार, प्रदेश बिषेश अनुदान मा रु ३० लाख,प्रदेश को समपूरक अनुदान मा रु २० लाख,प्रदेश तथा स्थानिय तह क्षमता बिकास कार्यक्रममा रु.३ लाख ५ हजार,आन्तरिक र्तफ बाट रु.२ करोड, केन्दिैय समपूरक अनुदान मा रु २ करोड ८० लाख,केन्दिैय बिशेष अनुदानमा रु.२ करोड ७० लाख, प्राप्त गरेको छ ।
आठौ नगर सभामा उप प्रमुख चन्दैकला देबि पजियार को उपस्थिती नभए पछि नगर प्रमुख सिया।ाम रायले बजेट प्रस्तुत गर्नुभयो । नगर सभा बिना बिवाद र शान्ति पुर्वक सम्पन्न भएको छ । कार्यक्रमको उद्धघोषण नगरपालिकामा कार्यरत कर्मचारी दिपेन्द्र यादबले गर्नु भएको थियो । कार्यक्रम मा प्रमुख प्रशासकिय अधिकृत मित्रलाल ढकाल,प्रशासकिय अधिकृत कुमार परियार,शिक्षा शाखा बाट जनक काफ्ले,स्वास्थ्य बाट रामएकबाल राय,प्रबिधिक तर्पm बाट मोहर लाल महतो सहित बिभिन्न वडाको वडाध्यक्ष, नगर सदस्य, कार्याालिका सदस्य , कर्मचारी,पत्रकार सहित को उपस्थिती रहयो ।