हरिपुर्वा नगरपालिका र पर्सा गाउपालिकामा जन्मदर्ता ब्यवस्थापन सम्बन्धि बैठक सप्पन्न

रबिन्द्र ठाकुर

हरिपुर्वा १३ सर्लाही । world vision international nepal र बागमती सेवा समाज नेपाल को सहयोग तथा नगर स्तरीय बाल अधिकार समिति हरिपुर्वा र पर्सा को आयोजनामा आज सर्लाहीको हरिपुर्वा नगरपालिका तथा पर्सा गाउपालिकामा जन्मदर्ता हुन बाट बन्चित बालबालिका लाई जन्मदर्ता ब्यवस्थापनको लागि जनप्रतिनिधि, कर्मचारी ,तथा बाल अधिकार समितिको संयुक्त बैठक सप्पन्न भएको छ ।

हरिपुर्वा र पर्सा गाउँपालिकाे बाल अधिकार समितिहरूकाे बैठक बसी पालिकाकाे साझेदार संस्था बागमती सेवा समाज नेपालले जन्ददर्ता अभियानकाे लागि प्रचार प्रसार, घरधुरी सर्वेक्षण र जन्मदर्ता शिविरकाे लागि दुवै पालिकामा सहयाेग पुर्याउने जानकारी बागमती सेवा समाजका परियाेजना संयाेजक प्रमेश बादेले बताएको छ  ।

हाम्रा समुदायमा म भन्दा साना-साना भाइ बहिनीहरूकाे बिवाह भैरहेकाे तर वडा अध्यक्षहरू बालविवाह राेक्न सहयोग नगरेको कारण  बालबालिकाहरू बाट जन्मिएको बालबालिका झन  जाेखिममा परिरहेका  नगर बाल सञ्जालका उपाध्यक्ष तथा नगर स्तरीय बाल अधिकार समितिका सदस्य साहिन खातुनले बताइन ।

यसै आर्थिक बर्षमा घटना दर्ता सम्बन्धि अभियान चलाएर जन्मदर्ता बाट बन्चित बालबालिका लाई चाडै नै ब्यवस्थापन गराउन सफल प्रयास गर्ने हरिपुर्वा नगरपालिका को प्रशासकीय अधिकृतले बताए ।


नगरस्तरीय बाल अधिकार समितिको संयोजक सुमिन्त्रा देबि ग्वारिनको सयोंजक्त्वमा बसेको बैठकमा हरिपुर्वा नगरपालिकाका विभिन्न वडाको वडाध्यक्षहरु, वडा सचिवहरु, पन्जिकरण शाखा, शिक्षा शाखा अधिकृत , प्रशासकीय अधिकृत  कुमार परियार सहितको उपस्थिति रहेको थियो ।

Comments
Loading...