हरिपुर्वा र पर्सामा स्वास्थ्य शिविर सम्पन्न ।

मुकेश झा


सर्लाहीको हरिपुर्वा नगरपालिका र पर्सा गाउपालिकामा ३ दिने स्वास्थ्य शिविर सप्पन्न भएको छ ।
वर्ल्ड भिजन इन्टरनेसनल नेपालको साझेदारी बागमती सेवा समाज तथा हरिपुर्वा नपा र पर्सा गाउपालिकाको सहयोगमा अपांगता भएको व्यक्तिको स्वास्थ्य परिक्षण तथा जाच गरिएको बागमती सेवा समाजको समाजिक परिचालक धनुष महतोले जानकारी दिनुभयो ।
असार १९ गते पर्सा गाउपालिकामा संचालन भएको स्वास्थ्य शिविरमा ३८ जनाले अपांगताको समाग्री पाएको बागमती सेवा समाजको पर्सा गाउपालिकाको समाजिक परिचालक नवल किशोर साहले बताए । त्यस्तै हरिपुर्वा नगरपालिका वडा नम्बर -३ धनकौल राष्ट्रिय अधारभुत विद्यालयमा सप्पन्न शिविरमा ५० जना बालबालिकामा अपंगता प्रमाणित भएकोलाइ समाग्री बितरण गरिएको कार्यक्रम संयोजक प्रमेश बादेले बताउनु भयो ।

Comments
Loading...