हरिपूर्वा नगरपालिकामा पहिलोपटक नगरस्तरिय बाल क्लव गठन

मुकेश झा साउन ३१ – २०७९ हरिपूर्वा

सर्लाहीको हरिपूर्वा नगरपालिकाको आयोजना तथा वागमती सेवा समाज नेपाल तथा वल्र्ड भिजन इन्टरनेशलको सहयोगमा अंगेश कुमार साहको अध्यक्षतामा पहिलो नगरस्तरिय बाल क्लव गठन भएको छ । हरिपूर्वा ५ स्थित रहेको श्री केश्वर गरिब जनता मा बि को हलमा सम्पन्न नगरस्तरिय वाल भेला तथा अन्तरक्रिया कार्यक्रममा हरिपूर्वा वडा नम्बर १ देखी ९ नम्बर मा गठित वडा वालक्लवहरु को सदस्यबाट ९ सदस्ययी नगरस्तरिय वालक्लव गठन गरिएको छ ।


क्लवको अध्यक्षमा अंगेश कुमार साह,उपाध्यक्षमा साहिन खातुन,सचिवमा उज्जवल साह,कोषाध्यक्षमा पुष्पा कुमारी साह, तथा सह सचिवमा अरुण कुमार राम लगायत ९ सदस्य गठन भएको हरिपूर्वा नपामा कार्यरत महिला तथा बालबालिका प्रतिनिधी धनमाया खडकाले बताउनु भयो ।


वडा नम्बर ४ को वडाध्यक्ष नोखेलाल रायको अध्यक्षतामा सम्पन्न नगरस्तरिय बाल भेला कार्यक्रमको प्रमुख आतिथीको रुपमा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम रहनुभयो । कार्यक्रममा आतिथीको रुपमा बागमति सेवा समाजको अध्यक्ष भरत कुमार कार्की,वडाध्यक्षहरु श्याम बाबू राय,दिनेश राय,बिजय भुषण प्रसाद साह,रमेश अधिकारी,रामसोगारथ राय,हरिपूर्वा नगरपालिकाको प्रशासकिय अधिकृत कुमार परियार,शिक्षा प्रमुख जनक काफले,बागमती सेवा समाजको कार्यक्रम संयोजक प्रमेश बाडे सहित को उपस्थिती रहेको थियो ।


कार्यक्रममा उपस्थित बिभिन्न वालवालिकाले कार्यक्रममा उपस्थित बिभिन्न क्षेत्रको प्रतिनिधीहरु संग वालवालिका सगंको र्दुव्यवहार,बालविवाह न्युनिकरण,लागुपदार्थ नियण्त्रन तथा वालवालिकाको हक अधिकार र समस्या बारे प्रश्न गरेको र सम्बन्धित प्रश्नको जवाफ उपस्थित वक्ताहरुले दिनुभएको प्रशासकिय अधिकृत कुमार परियारले बताउनुभयो ।

Comments
Loading...