एक घर पाँच योग पाँच जडिबुटी सम्बन्धि जनप्रतिनिधि तथा कर्मचारीहरुलाई १ दिने अभिमुखिकरण तालिम

मुकेश झा चैत्र -२७- २०७८

सर्लाही को पर्सा गाउपालिकामा शनिवार एक कार्यक्रम बिच एक दिने एक घर पाँच योग पाँच जडिबुटी सम्बन्धि जनप्रतिनिधि तथा कर्मचारीहरुलाई १ दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।


वडा नम्बर ६ को अध्यक्ष श्री नन्दु रायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख आतिथीको रुपमा गाउपालिका अध्यक्ष किसुनदेव राय तथा विशिष्ट अतिथिको रुपमा उपाध्यक्ष श्रीमती इन्द्रकला देवी रहनुभयो ।
तालिममा सहभागीहरु लाई प्रशिक्षक राम छबिला यादव, डा. संजय कुमार यादव, नवीन यादव, जितेन्द्र झा द्वारा तुलसी, घ्युकुमारी, पुदिना, असुरो,गुडुची गरि पाच किसिमको जडिबुटी को बारेमा प्रशिक्षण दिनुको साथै जडिबुटी वितरण समेत गरिएको जिगंडवा आर्युवेद शाखाको प्रमुख नविन कुमार यादवले बताए ।

Comments
Loading...