Warning: session_start(): open(/tmp/sess_sqe0133gkciglk60h1usl8h3u7, O_RDWR) failed: No space left on device (28) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
वालमैत्री स्थानिय शासन समिती हरिपूर्वा नगरपालिकामा गठन – lokpriyaawaj

वालमैत्री स्थानिय शासन समिती हरिपूर्वा नगरपालिकामा गठन

मुकेश झा २०७९–०४–१० गते

हरिपूर्वा ,र्वल्ड भिजन इन्टरनेशन नेपालको सहयोग तथा नेपाल सरकारको सहकार्य एवं बागमति सेवा समाजको आयोजनामा आज मंगलबार हरिपूर्वा नगरपालिका ५ केश्वर गरिब जनता मा बि को प्रागंणमा एक कार्यक्रमको बिच बाल अधिकार सबैको सरोकार नाराको साथमा नगरस्तरीय बालमैत्री स्थानिय शासन समिती गठन गरिएको छ ।
हरिपूर्वा नगरपालिकाको उप प्रमुख सुमिन्त्रा देवी ग्वारिनको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा बागमति सेवा समाजको अध्यक्ष भरत कुमार कार्कीले नव निर्वाचित पदाधिकारीहरु लाई खद्दा ओढाई सम्मान गर्नुभएको छ । कार्यक्रममा बागमति सेवा समाजले २०२२ मा हरिपूर्वा नगरपालिकामा गरेको काम तथा त्यसबाट भएको उप्लब्धीको बारेमा समेत उपस्थित सबैलाई जाननकारी गराए ।


नगरस्तरीय बालमैत्री स्थानिय शासन समिती को अध्यक्षको रुपमा नगरप्र्रमुख बिनोद कुमार साह चयन हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा उपमेयर सुमिन्त्रा देवी, सदस्यहरुमा हरिपूर्वा नपा बाट निर्वाचित वडाध्यक्ष सबै,कार्यपालिका सदस्य सवै,स्वास्थ्य संयोजक रामएकबाल राय,महिला बाल बिकास शाखा को धन कुमारी खडका,स्थानिय संघ संस्थाबाट बिनोद दर्जी,अनिता देवी,बाल क्लवबाट साहिन खातुन,प्रहरी चौकि इन्र्चाज नन्दलाल बैठा,शिक्षक को तर्फबाट संजय कुमार साह, शिक्षा शाखा प्रमुख जनक काफले,महिला स्वयं सेविका मान्ती देबि ठाकुर,शिक्षिका रिना यादव तथा सदस्य सचिवमा प्रशासकिय अधिकृत कुमार परियार सहित ३३ सदस्ययी समिती चयन भएको छ ।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_sqe0133gkciglk60h1usl8h3u7, O_RDWR) failed: No space left on device (28) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0