श्री केश्वर गरिब जनता माबि मा ३ तले भवनको नगरप्रमुख द्वारा शिलान्यास

मुकेश झा

सर्लाहीको हरिपूर्वा नगरपालिका ५ स्थित रहेको श्री केश्वर गरिब जनात मा बि मा ३ तले (भवन ६ कोठे) निर्माणको लागी बुधबार नगर प्रमुख बिनोद कुमार साहले एक कार्यक्रमको बिचमा शिलान्यास गर्नु भएको छ ।
केन्द्रिय संघ को सहयोगमा ४ करोड २६ लाख १६ हजार ५ सय ७९ रुपैयाको लागतमा निर्माण हुने यस भवनको काम रबिना आर्दश जे भि ले २७.१३ प्रतिशत बढि लगान गरि ५ करोड ७८ लाख ८४ हजार ६ सय ३९ रुपैया को स्टिमेटमा काम गर्ने भएको    छ ।  ३ तले (भवन ६ कोठे) को डिजाइन तथा निर्माण कार्य आर डि ए इलेकट्रिकलस एण्ड कन्ट्रक्सन प्राइबेट लिमिटेड कुपनडोल ललितपूर ले गर्ने भएको छ ।
शिलान्यास कार्यक्रममा उप प्रमुख सुमिन्त्रा देवी,वडाध्यक्षहरु बिजय साह,राम सोगारथ राय,प्रशासकिय अधिकृत कुमार परियार विद्यालय व्यवस्थापन समिती अध्यक्ष मनोज कुमार यादव,प्र अ संजय कुमार यादव, सहितको उपस्थिती थियो ।

Comments
Loading...