Warning: session_start(): open(/tmp/sess_tptbokmhm0cauo68roef3eg7b7, O_RDWR) failed: No space left on device (28) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
कान्छी उमेदवारको सम्भावना बढ्यो, बन्दसूचिमा पार्न कार्यकर्ताको माग – lokpriyaawaj

कान्छी उमेदवारको सम्भावना बढ्यो, बन्दसूचिमा पार्न कार्यकर्ताको माग

मुकेश झा

असोज १ गते, लालबन्दी ।। पार्टीले समानुपातिक सूचिमा आफ्नो नाम समेत समावेश गरेपछि काँग्रेस नेतृ अनिता साह निकै नै हर्षित हुनुभएको छ ।पार्टीले सर्लाही क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभाको समानुपातिक सांसदको लागि आफ्नो नाम सिफारिस गरी पठाएपछि निकै खुशि लागेको भन्दै आफ्नो क्षेत्रकै कान्छी उमेदवार दावि गरिनुभएकी साहले पार्टी नेतृत्वकालाई धन्यवाद दिनुभयो ।आगामी मंसीरमा हुने संघ र प्रदेश सभा निर्वाचनका लागि दलहरुले भोलि र पर्सि समानुपातिक सदस्यको बन्दसूचि बुझाउँदैछन् । पार्टीले बुझाउने बन्दसूचिमा आफू पर्ने दाबी गर्दै साहले समानुपातिक सांसद बन्न पाए सांसद भएर जनताको सेवा गर्ने ठुलो चाहना रहेको बताउनुभयो । क्षेत्रीय कमिटीले सर्लाही क्षेत्र नम्बर १ को प्रदेश(क) बाट साहसहित ११ जनाको नाम समानुपातिक सांसदका लागि जिल्ला कमिटीमा सिफारिस गरी पठाएको थियो । ती मध्ये मधेशी महिला कोटाबाट साहको एकल नाम सिफारिस भएको छ ।साह सांसद बने क्षेत्रमा सोचेभन्दा बढी विकास हुने उहाँ निकट नेता कार्यकर्ताको भनाई छ । ‘त्यसैपनि अहिले शिक्षित, योग्य र सक्षम यूवा नेतृत्वको खोजी भईरहेको छ । दलहरुले पनि यूवालाई नै अघि सारीरहेका छन् । नेपाली काँग्रेसले पनि हाम्रो क्षेत्रबाट प्रदेश सांसदको लागि साह जस्तो शिक्षित महिलाको नाम सिफारिस गरी पठाएकोले हामी अत्यन्तै खुशि छौं ।, साह निकट नेता कार्यकर्ताले भने ।पेशाले गृहणी भएपनि साह विद्यार्थीकाल देखि नै नेपाली काँग्रेसमा सक्रिय हुनुहुन्छ । उहाँले ब्याचलर(स्नातक) तह सम्मको अध्ययन गर्नुभएको छ भने मास्टर डिग्रीको समेत तयारी गरिरहनुभएको छ । राजनीति आफूलाई सानैदेखि मन पर्ने साहले बताउनुभयो । आफू पनि देश र जनताको लागि केही गर्छु भनेर राजनीतिमा आएको बताउनुहुँदै साहले अब देश हाक्ने जिम्मा नै यूवालाई दिनुपर्ने बताउनुभयो ।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_tptbokmhm0cauo68roef3eg7b7, O_RDWR) failed: No space left on device (28) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0