सर्लाही हरिपुरमा पालिका स्तरीय स्वास्थ्य समिक्षा गोष्ठी सम्पन्न
लोकप्रिय अबाज
सर्लाही हरिपुरमा पालिका स्तरीय स्वास्थ्य समिक्षा गोष्ठी शुक्रबार सकिएको छ।
पालिका मातहतका स्वास्थ्य संस्था र प्राथमिक स्वास्थ्य केन्द्र हरिपुरले प्रवाहा गरेको स्वास्थ्य सेवाको गोष्ठीमा समिक्षा गरिएको थियो । गोष्ठीको हरिपुर नगरपालिका मेयर गोपाल पजियारले बिहीबार नगरपालिकाको सभाहलमा उद्घाटन गर्नुभएको स्वास्थ्य शाखा हरिपुरका कार्यक्रम संयोजक रामनरेश ठाकुरले जानकारी दिनुभयो । गोष्ठीमा उप(प्रमुख निलम यादव ,प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेल,जनस्वास्थ्य कार्यालय सर्लाही प्रमुख डाक्टर नवल किशोर झा,मधेस प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अधिकृत लालबाबु राय,बागमती सेवा समाज,ग्रामीण नारी उथान संघ ,सेभद चिल्ड्रेन लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो।