सर्लाहीमा कारको ठक्करबाट ६ बर्षिय बालिकाको उपचारको क्रममा मृत्यू
लोकप्रिय समाचारदाता
सर्लाहीको उत्तरी भेगमा पर्ने इश्वरपूर १२ घारी बथान स्थित भित्रि सडक खण्डमा बाटोमा हिडदै गरेको ६ बर्षिय बालिकालाई बुधबार साझ करिब ४ः ३० को समयमा कारले ठक्कर दिदां गम्भीर घाइते भएकि वालिकाको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा साझ ७ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाही को प्र.ना.उ. बिजय यादवले बताएको छन ।
घारी बथान स्थित भित्रि सडक खण्डमा घारी बथान बाोट फुलजोर तर्फ आँउदै गरेको बा.२ ज. २१०२ नं.को कार ले पैदल यात्री जिल्ला सर्लाही लालबन्दि न.पा.१४ बस्ने सोम बहादुर दोङ्गको छोरी अंन्दाजी बर्ष ६ की ज्ञानि दोङ्गलाई ठक्कर दिँदा निजको टाउकोमा चोट लागी लालबन्दी स्थित गढीमाई अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी प्रादेशिक अस्पताल जनकपुर रिफर गरिएको थियो ।
कार चालक र कार प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाही ले जनाएको छ ।