Warning: session_start(): open(/tmp/sess_v0aq550uem50nhme4034qiang6, O_RDWR) failed: No space left on device (28) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
महिला जनप्रतिनिधीहरुलाई माण्डवीद्वारा कुशल नेतृत्व सिपको लागी ४ दिने प्रशिक्षण सम्पन्न – lokpriyaawaj

महिला जनप्रतिनिधीहरुलाई माण्डवीद्वारा कुशल नेतृत्व सिपको लागी ४ दिने प्रशिक्षण सम्पन्न

लोकप्रिय समाचारदाता

स्थानिय निर्वाचन २०७९ बैशाख ३० मा निर्वाचित भएको महिला जनप्रतिनिधिहरु लाई राजनिती तथा चुनावी प्रक्रियामा सफल बनाउनको लागी शि लिड्स महिला नेतृत्व कार्यक्रम अन्तर्गत सर्लाहीको हरिपूर्वा नगरपालिकामा असोज २५ गते देखि २८ गते सम्म ४ दिने प्रारम्भिक प्रशिक्षणको तेस्रो मोडयुल हरिपूर्वा नपा ३ स्थित रहेको बर्थिगं सेन्टरमा आज समापन भएको छ ।


शि लिड्स परियोजना अन्र्तगत प्रदेश २ को ५ वटा जिल्लाको २८ वटा पालिकामा अहिले यो कार्यक्रम चलिरहेको माण्डवीको सर्लाही सयोंजक मनिल श्रेष्ठ ले जानकारी गराउनु भयो । श्रेष्ठको अनुसार शि लिड्स परियोजना सर्लाहीको हरिवन,वागमती,बरहथवा,हरिपूर्वा तथा कविलासी गरि ५ वटा पालिकामा संचालनमा रहेको छन ।
हरिपूर्वा नगरपालिकामा निर्वाचित महिला जनप्रतिनिधिहरु लाई असोज २५ गते देखि शुरुभएको निर्वाचित महिला जनप्रतिनिधीहरुको लागी प्रारम्भिक प्रशिक्षण तेस्रो मोडयुल कार्यक्रमको आर्थिक सहयोग अस्टेलियन एडले गरिरहेको छन भने प्रविधिक सहयोग आइ एफ इ एसको रहेको छन । यस परियोजनाको आयोजक माण्डवी संस्था रहेको छ । प्रशिक्षण कार्यक्रममा हरिपूर्वा नगरपालिकामा निर्वाचित १८ जना महिला जनप्रतिनिधी ले प्रशिक्षणमा सहभागी भई नेतृत्व भुमिकालाई निरन्तरता दिदैं आत्मविश्वास र नेतृत्व सिपलाई अझ निखार्नमा सहयोग गर्ने माण्डवी संस्थामा कार्यरत गुन्जा साहले बताउनु भयो ।


प्रारम्भिक प्रशिक्षणको तेस्रो मोडयुल कार्यक्रमको प्रशिक्षकको रुपमा रमा कुमारी पौडेल तथा प्रभु चौधरी रहनुभएको थियो ।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_v0aq550uem50nhme4034qiang6, O_RDWR) failed: No space left on device (28) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0