सर्लाही को १ ख मा नेकपा एकिकृत समाजवादी नेत्री बेची लुंगेली भारी मतान्तरसहित बिजयी
लोकप्रिय समाचारदाता
सर्लाही क्षेत्र नम्बर १ अन्तर्गत ख मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार वेची लुंगेली विजयी हुनुभएको छ । लुगेली १३ हजार ६७६ मत ल्याएर प्रदेशसभा सदस्यमा लागि निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शान्तिकुमारी लामाले ६ हजार ९७७ मत प्राप्त गर्नुभएको छ । लामालाई ६ हजार ६९९ मतले पछि पार्नुभएको हो । त्यसैगरी स्वतन्त्र उम्मेदवार राजन श्रेष्ठले ५ हजार ९४५ मत प्राप्त गर्नुभएको छ।