हरिपुर्वा र पर्साको किशोर किशोरीका लागि जीवनोपयोगी तालिम सुरु

मुकेश झा / मंसिर - २२- २०७९

सर्लाहीको बागमतीमा आजबाट बाल स्पोन्सरशीप परियोजना अन्तर्गत किशोर किशोरीको समग्र विकासका लागि तालिम सुरु भएको छ ।
बागमती सेवा समाज नेपालको आयोजनामा तथा हरिपुर्वा नगरपालिका र पर्सा गाउपालिकाको समन्वयमा १० दिने रुपान्तरण जीवन उपयोगी शीप प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको हो । तालिममा जिल्लाको हरिपूर्वा नगरपालिका बाट १२ जना र पर्सा गाउँपालिकाका १२ जना मिलाएर २४ जना किशोर किशोरीको सहभागिता रहेको बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पछिल्लो समय समाजमा किशोर किशोरीलाइ समयमै सकरात्मक ज्ञानको विकास गराउन नसक्दा गलत बाटो रोज्ने गरेकाले असल बाटोमा डोर्याउन यस किसिमको तालिम प्रदान गरिएको हा । समाजमा ब्याप्त दाईजो प्रथा, बालविवाह, स्वास्थ्य र शिक्षामा भइरहेको बेथिती अन्त्य गर्नमा तालिमले मद्धत पुग्ने आयोजकले विश्वास लिएको छ । तालिममा सहभागी प्रशिक्षार्थी हरिपुर्वा र पर्साका स्थानिय विद्यालयमा कक्षा ९ देखि १२ कक्षामा अध्ययनरत् छात्रछात्रा हुन् । तालिमको प्रशिक्षकको रुपमा रुपान्तरण जीवन उपयोगी शीप प्रशिक्षक प्रशिक्षण तालिमबाट गत बर्ष सहभागिता भएको सहभागिहरु बाट पर्सा गाउपालिका कि पिंकी शर्मा र नेहा यादव तथा हरिपुर्वा नगरपालिका कि कंचन साह रहेकी छिन ।
बागमती सेवा समाज नेपालको आयोजना, वल्र्ड भिजन इन्टरनेशनल नेपाल, नेपाली जुटौ बालविवाह रोकौको सहयोग तथा हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिकको समन्वयमा शुरु भएको तालिमको अध्यक्षता बागमती सेवा समाजको अध्यक्ष भरत कुमार कार्की रहनु भयो । तालिमको हरिपूर्वा नगरपालिकाका नगर प्रमुख बिनोद कुमार साहले उद्घाटन गर्नुभएको कार्यक्रममा हरिपुर्वा नगरपालिका को उप मेयर सुमिन्त्रा देवि ग्वारिन, प्रमुख प्रशासकीय अधिकृत वसन्त न्योपाने, प्रशासकीय अधिकृत कुमार परियार, नेपाल पत्रकार महासंघको सर्लाही शाखा अध्यक्ष टंक क्षेत्री, सहितको उपस्थिति रहेको परियोजना संयोजक प्रमेश बादेले जानकारी दिनुभयो

Comments
Loading...