उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारबाट सर्लाहीको साना किसान कृषि सहकारी संस्था लि शंकरपुर सम्मानित
मुकेश झा
असार १६ सर्लाही । १०१ औं अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघ लि. नेपालद्वारा सदस्यहरुको आर्थिक तथा समाजिक विकास गर्दै कुषि क्षेत्रको प्रर्वद्धनमा योगदान पु¥याए वापत मधेस प्रदेशबाट उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७९ साना किसान कृषि सहकारी संस्था लि बागमति नगरपालिका शंकरपूर १० सर्लाहीलाइ नेपालको सहकारी अभियानको तर्फबाट रु.२५०००।– नगद सहित प्रमाण पत्र सहित सम्मानित भएको छ ।
सर्लाहीमा केही दिन यता देखि तरलता अभाव, खराब कर्जा, शेयर सदस्यहरु लाई सहकारी बिकासमा चासो कम दिनु लगायतको कारणले सहकारी संस्थालाई नै वदनाम हुने गरि केही संस्था लागी परेको बेलामा मधेस प्रदेशकै उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारबाट सर्लाहीको साना किसान कृषि सहकारी संस्था लि बागमति नगरपालिका शंकरपूर १० ले सहकारी को मुल्य मान्यता र सिद्धान्तलाई उजागर गरेको छन ।
राष्ट्रिय सहकारी महासंघ लि.नेपाल पुलचोक ललितपूरले आज १०१ औं अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा देशैभरि विभिन्न उदेश्यमा उत्कृष्ट कार्य गर्ने सहकारी संस्थालाई कार्यक्रमको मुख्य आतिथी प्रतिनिधि सभा नेपालको सभामुख देवराज घिमिरेको हातबाट सम्मान गरेको छन ।