सर्लाही, असार २० । वल्र्डभिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा बागमती सेवा समाज नेपालद्वारा संचालित बाल संरक्षण तथा बाल स्पोन्सरशिप परियोजना अन्तर्गत बाल संवृद्धिको लागि पर्सा गाउपालिका जनप्रतिनिधी, कर्मचारी अभिभावक, बालबालिका, शिक्षक, महिला स्वास्थ्य स्वयम् सेविकाहरुले बालबालिका सम्बन्धि २० वटा समस्या पहिचान गर्दै समस्याहरुको प्राथिमिकीकरण पनि गरेका छन् जसमा बालबिवाह प्रमुख समस्या रहेको छ भने दोस्रोमा कुलत रहेको छ त्यस्तै तेस्रो नम्बरमा विद्यालय छाड्ने रहेको छ ।
पर्सा गाउपालिकाले आगामी ५ वर्षका लागि देखेका परिकल्पना “बालबिवाह, बाल श्रम, गरिबी कुपोषण, हिंसा,स्वस्थ्य बालबालिका चेतनशिल समाज सम्मुन्नत विकसित पर्सा गाउपालिकाको मुल अधार सहित बाल सहभागीताको प्रबद्र्धन गर्दै बाल मैत्री वातावरणको आनन्द लिईरहेको हुनेछ।”
पर्सा गाउपालिका वडा ३ को रघुनाथ साहले आफ्नो जिज्ञासा राख्दै भन्नुभएछ “ पर्सा गाउपालिकाको बालबालिकाहरुको बाल संवृद्धिको परिकल्पना गरिरहदा अझ बढी उत्तरदायि भएको महशुस भएको छ । नीतिनियम बनाउने र त्यसलाई कार्यान्वयन गर्ने पनि हामी जनप्रतिनिधि नै हौंं । हामीले हाम्रो अन्र्तद्वन्द्व विर्सेर बालबालिकाको सर्वोत्तमहीतलाई सर्वोपरी राखेर काम गर्नु पर्छ र त्यसको लागि हामीले देखेको बाल संवृद्धि पुरा गर्न प्रतिबद्ध रहेको जानकारी गराउन चाहन्छु । चाडै नै सामुदायिक विद्यालयहरुमा कक्षा ३ सम्मको शिक्षामा अंग्रेजी मेडियमले कक्षा संचालन गराउन गाउपालिका प्रमुख धिरेन्द्र कुमार राय(विस्पत) जि संग आग्रह समेत गर्नुभएको थियो ।
बालबालिकाको सुरक्षा हाम्रो मुख्य दायित्व रहेको र हाम्रो ५ बर्षे कार्यकालमा बाल बिबाह,बाल हिंसा तथा लागुऔषधमुक्त पलिका निर्माणमा कुनै कसर नछोडने पर्सा गाउपालिका अध्यक्ष धिरेन्द्र कुमार राय बिस्पतले बताउनुभयो । भौतिक बिकासमा यसपालि कम लगानी गरिएपनि शिक्षा स्वास्थ्य सिचाई क्षेत्रमा हामीले सक्दो सफल प्रयास गरेको र अगामी दिनमा बेरोजगार युवाहरुको लागी गुण्स्तरिय तालिमको व्यवस्थापन गरि रोजगारी बनाउन उद्देश्य रहेको गाउपालिका अध्यक्ष रायले बताए ।
गाउपालिका अध्यक्ष रायले अगाडी बोल्दै उहांले बालबालिकाको सवालमा बजेट छुट्याउन कति पनि हिच्किचाउन्न धेरै भन्दा धेरै बजेट छुट्याउछौं । बाल संवृद्धिका लागि एक्लैले पुरा गर्न गाह्रो हुन्छ । त्यसका लागि आज हामीले जुन परिकल्पना गरेका छौं त्यो पुरा गर्नका लागि सबैलाई आग्रह समेत गर्नुभयो ।
पर्सा गाउपालिकाको प्रमुख को धिरेन्द्र कुमार राय(विस्पत) अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, शिक्षक, महिला स्वास्थ्य स्वयम् सेविका, महिला समूह, अति जोखिममा रहेको समूहको उपस्थिती रहेको थियो । कार्यक्रमको स्वागत तथा उद्देश्य बागमती सेवा समाजका परियोजना संयोजक प्रमेश बादेले गरेका थिए भने कार्यक्रमका सहजिकरण वल्र्डभिजन इन्टरनेसनल नेपालका स्पोन्सरसीप फिल्ड कोर्डिनेटर सिता चौधरी ले गरेका थिए ।