ब्रहम्पुरीमा सिकाइ परियोजनाद्धारा निर्माण भएको विद्यालय भवन विद्यालयलाई हस्तान्तरण गरियो

मुकेश झा

असार २७ ब्रह्म्पुरी । सर्लाही जिल्लाको ब्रहम्पुरी गाउँपालिका वडा नं. ४ मा एउटा विद्यालयमा नवनिर्मित सुविधा सम्पन्न विद्यालय भवनको ब्रहम्पुरी गाउँपालिकाको अध्यक्ष राम पदार्थ साह ज्यूको प्रमुख आतिथित्व तथा वडा नं. ४ का वडा अध्यक्ष श्याम बाबु साहको अध्यक्षतामा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
ब्रहम्पुरी गाउँपालिका वडा नं.४ स्थित श्री सुराज माध्यमिक विद्यालय, त्रिभुवन नगरमा ३८ लाख ६० हजार २३ रुपैंयाको लागतमा दुईकोठे आर.सी.सी.विद्यालय भवन हस्तान्तरण गरिएको छ । उक्त भवनहरु अष्ट्रेलियन सरकारको आर्थिक सहयोग तथा वल्र्ड भिजन इन्टरनेसनल, ह्याण्डीक्याफ इन्टरनेशनल, विश्व शिक्षा तथा राष्ट्रिय रोजगार प्रवद्र्घन केन्द्र सर्लाहीको साझेदारीमा सञ्चालित “समावेसी शिक्षा सुदृढीकरण (सिकाइ) परियोजना” अन्तर्गत निर्माण कार्य सम्पन्न गरेर आज बुधबारको दिन ब्रहम्पुरी गाउँपालिकाको अध्यक्ष राम पदार्थ साह, वडा अध्यक्ष श्याम बाबु साह र आर.आर.पि.के.का कार्यकारी निर्देशक शिवजी प्रसाद साहले संयुक्त रुपमा विद्यालय भवन उद्धघाटन र विद्यालयको प्र.अ. रघुनन्दन रायलाई हस्तान्तरण गरिएको थियो ।
यस अधि श्री मंगलस्थान उत्पीडित उत्थान प्राथमिक विद्यालय ब्रहम्पुरी गाउँपालिका वाड नं.– ६, नोकैलवामा सिकाइ परियोजनाद्धारा १५ लाख ४० हजार ८०६ रुपैंयाको लागतमा निर्माण भएको बालमैत्री तथा अपाङ्गतामैत्री शौचालय भवनको उद्धघाटन र विद्यालयको प्र.अ. राम चन्द्र मण्डललाई हस्तान्तरण गरिएको थियो ।
भवन हस्तान्तरण गर्नु अगाडी संस्थाका संरक्षण संयोजक नागेन्द्र प्रसाद शाहले विद्यालय भवनमा लागेको खर्च विवरण प्रस्तुत गरि समाजिक लेखापरिक्षण गराउनु भएको थियो । साथै संरक्षण संयोजक शाहले विद्यालय भवन मर्मत सम्भार योजना प्रस्तुत गर्नु भएको थियो ।


हस्तान्तरण कार्यक्रममा ब्रहम्पुरी गाउँपालिकाको अध्यक्ष राम पदार्थ साह, वडा अध्यक्ष श्याम बाबु साह, आर.आर.पि.के.का कार्यकारी निर्देशक शिवजी प्रसाद साह लगाएत विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षकहरु, अभिभावकहरु र विद्यार्थी भाई बहिनीहरु तथा आर.आर.पि.के. को कर्मचारीहरु उपस्थितीमा विद्यालयको प्र.अ.लाई हस्तान्तरण गरेको जानकारी संस्थाको संरक्षण संयोजक नागेन्द्र प्रसाद शाहले बताउनु ुभएको थियो ।
ब्रहम्पुरी गाउँपालिकाको अध्यक्ष राम पदार्थ साहले सिकाइ परियोजनाले शिक्षा क्षेत्रमा गरेको काम को प्रशंसा गर्नु भएको थियो । सिकाइ परियोजना मार्फत सञ्चालित रुपान्तरण जीवन उपयोगी शिप कार्यक्रमलाई प्रशंसा गर्दै यसको निरन्तरता दिनको लागि पालिका बाट सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको थियो ।


हस्तान्तरण कार्यक्रमको अवसरमा संस्थालाई विद्यालयको शैक्षिक गुणस्तर तथा भौतिक पुर्वाधार विकास कार्यको उच्च मुल्यांकन गर्दै विद्यालयको तर्फबाट संस्था र संस्थाको सम्पूर्ण कर्मचारीहरुलाई दोसल्ला ओढाइ सम्मान–पत्र प्रदान गरेको थिए ।
सिकाइ परियोजनाले सर्लाही जिल्लाको चारवटा स्थानीय तह चन्द्रनगर, ब्रहम्पुरी र पर्सा गाउँपालिका तथा हरिपुर्वा नगरपालिकामा समावेशी शिक्षा, बाल संरक्षण तथा अपङ्गता क्षेत्रमा विगत चार वर्ष देखि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको संस्थाको संरक्षण संयोजक नागेन्द्र प्रसाद शाहले जानकारी गराएका थिए ।

Comments
Loading...