असार ३० हरिपुर्वा । सर्लाहीको २० वटै स्थानिय तहहरु मध्ये एक मात्र हरिपूर्वा नगरपालिकाले असार महिना सकिन लाग्दा पनि बजेट ल्याउन असफल भएको छ ।
अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को परिच्छेद ७ को दफा २१ को उपदफा ३ मा ‘गाउँ कार्यपालिका नगर कार्यपालिकाले प्रत्येक वर्ष असार महिनाको १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र आय व्ययको अनुमानित सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्ने छ’ भन्ने उल्लेख छ । तर सर्लाहीको हरिपुर्वा नगरपालिकामा ३ महिनाको तलाबन्दी पछि असार १० गते मात्र पलिकाको ताल्चा खोलिएकोले समयमै आर्थिक बर्ष २०८०।०८१ को बजेट ल्याउन सकिएन ।
विगत चार महिनाको लामो विवाद तथा तलाबन्दी पछि संचालनमा आएको हरिपूर्वा नगरपालिकामा शर्सत अनुदानको ९० प्रतिशत भन्दा बढि बजेट फ्रिज गएको छ । पालिका तर्फको बजेटमा पनि समाजिक सुरक्षा भत्ता, कर्मचारी तलव, प्रशासनिक खर्च तथा कार्यालय व्यवस्थापन बाहेक कुनै पनि बजेट चल्न सकेको छैन ।
आर्थिक वर्ष २०७९।०८० विवादै विवादमा समाप्त भए संगै आ व २०८०।०८१ पनि विवादैमा वित्ने सकेंतहरु देखा पर्न थालेको छ । नया चालु आर्थिक वर्षमा हरिपूर्वा नगरप्रमुख बिनोद कुमार साहले एकलौटी बजेट चलाउने खोजि रहेको कारण हामी नगरसभा गराउन असर्मथ रहेको हरिपूर्वा नगरपालिका ६ बाट निर्वाचित अध्यक्ष रामसोगारथ रायले वताए । संघर्ष समितीको ९ बुदें माग सहित आ. व. २०७९।०८० मा वडाको लागी छुटियाइको बजेट जतिको रकम यस बर्ष पनि वडाको लागी पठाएमा मात्र हामी नगरसभामा जाने वताए । हरिपूर्वा नगरपालिकाको नगरप्रमुख साहले नगरस्तरियको नाउमा बजेट राखेर एकलौटी संचालन गर्न लागेको र बिकास निर्माणको नाउमा कार्यकर्ता खुशि पार्ने योजनामा बढि जोड दिएको कारण हरिपूर्वा नगरपालिकाको भविष्य खराब भईरहेको वडाध्यक्ष रायले बताए ।
यस बिषयमा हरिपूर्वा वडा नम्बर ८ को लोसपा बाट निर्वाचित वडाध्यक्ष रामेश्वर अधिकारीका अनुसार आर्थिक बर्ष २०८०।०८१ मा हरिपूर्वा नगरपालिकाको ठोस तथा दिर्घकालिन बिकासमा बजेट छुटियाइ वाकि रहेको रकमबाट वडा स्तरीय योजनामा पठाउने कुरा असार २६ गतेको कार्यपालिका बैठकमा भएको तर जसपा बाट निर्वाचित वडाध्यक्षहरुले नमानेको कारण नगर सभा समयमै गराउन नसकिएको बताए ।
यस बिषयमा हरिपूर्वा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत निमेष मिश्राको अनुसार हरिपूर्वा नगरपालिका सर्लाहीको पिछडिएको क्षेत्रमा देखिएको छ । हरिपूर्वा नगरपालिकामा सबै भन्दा अगाडी सिचाइको लागी विद्युतिकरण जरुरी छ । त्यस्तै हरिपूर्वा नगरपालिका २ मा रहेको १५ सैयको अस्पताल अल्पत्र अवस्थामा रहेको कारण त्यस क्षेत्रमा लगानी जरुरी छ । त्यहि भएर असार २५ गतेको कार्यपालिका बैठकमा यि बिषयहरुमा बजेट छुटयाई बाकि रहेको बजेट बाट वडा तथा कार्यपालिका सदस्यको लागी बजेट पठाइने कुरा भएको र अहिले पनि छलफल भइरहेको वताए ।
समयमै नगरसभा नभएपछि यसपटक पनि जनता निरास भएको छ ।