बालमैत्री अध्यनकेन्द्र स्थापना को साथमा कम्प्युटर हस्तान्तरण कार्यक्रम सम्पन्न

लोकप्रिय समाचारदाता

असार ३१ हरिपुर्वा । वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल र बागमती सेवा समाज नेपालको साझेदारीमा संचालित बाल संरक्षण तथा बाल स्पोन्सरसिप परियोजना अन्तरगत हरिपुर्वा न.पा.वडा न.४ (डुमरिया)का बालबालिकाहरुका लागी बालमैत्री अध्ययनकेन्द्र स्थापना तथा कम्प्युटर हस्तान्तरण गरिएको हो ।

जसमा बालबालिकाहरुले निशुल्क कम्प्युटर तालिम लिन सक्ने छन्। बागमती सेवा समाज नेपालको यो सहयोग देखेर गरिब, जेहेन्दार, जोखिममा परेका बालबालिकाहरुले उक्त संस्थालाई धन्यवाद दिदै आफू हर्सित भएको व्यक्त गरेका छन्।
बागमती सेवा समाज नेपालका परियोजना संयोजक प्रमेस श्रेष्ठले भन्छन्- ‘ग्रामीण क्षेत्रका बालबालिकाहरु जोकि प्राविधिक शिक्षाबाट बन्चित छन् तिनिहरुको परिस्थितिलाई मध्यनजर गर्दै हाम्रो बागमती समाजले यो अवधारणा ल्याएको हो’ ।
त्यस्तै यस हरिपुर्वा नगरपालिका वडा न.४ डुमरियाका वडा अध्यक्ष नोखेलाल यादव भन्छन्,- ‘हामीले गरेका महिनौको परिश्रमले आज तीनवटा कम्प्युटर बागमती समाजले दिएकोमा खुशी छु र मैले थप तीन वटा कम्प्युटर थप्ने प्रतिबद्धता जनाउँछु।अब यस टोलका गरिब, जेहेन्दार जोखिममा परेका बालबालिकाहरुले कम्प्युटरको ज्ञान लिनेछन् जुन हाम्रो समाजको लागी उदाहर्णीय हुनेछ।’

Comments
Loading...