न्युज दिनु निहु नखोज्नु : सर्लाही सीडीओ धमला

मुकेश झा

कार्तिक ०२ मलंगवा । सर्लाहीको प्रमुख जिल्ला अधिकारीको रुपमा आउनुभएको कोमलप्रसाद धमलाले आपराध नियन्त्रणमा पत्रकारको अहम भुमिका भएको कारण अनैतिक गतिविधिको स्थानीय प्रशासनलाई सूचना दिएर सहयोग गर्न आग्रह गर्नुभएको छ ।

आज जिल्ला प्रशासन कार्यालयमा भएको संचारकर्मीसँगको परिचयात्मक कार्यक्रममा नया सरुवा भई आउनुभएका सीडीओ धमलाले सर्लाहीमा शान्ति सुरक्षाको लागि प्रहरी बाट हुने सम्पूर्ण क्रियाकलापमा हाम्रो टिम सधै सकृय रहने र लागूऔषधको सेवन तथा ओसारपसार, तस्करी, आपराधिक घटना र अनैतिक गतिविधि रोक्ने किसिमले कलम चलाउन र  संचारकर्मिलाइ पनि खोजमुलक समाचार लेखेर प्रहरीलाई अपराध नियन्त्रणमा सहयोग गरिदिन हुन आग्रह गर्नु भएको  छ । समाजिक संजालमा जथाभावी पोस्ट गर्ने प्रवृत्ति बढेको कारण द्वन्द्वात्मक कार्य भैरहेको र त्यस्तो गतिविधिलाई सुक्ष्म तवरले हामी निगरानी गरिरहेको सिडियो धमलाले संचारकर्मिलाइ बताउनु भयो ।
कमी, कमजोरी र समस्याहरु उजागर हुने गरी पत्रकारिता गरिदिए आफूहरुलाई काम गर्न सहज हुने प्रजिअ धमलाको अपेक्षा छ ।

जिल्लामा भर्खरै सरुवा भई आउनुभएका प्रहरी उपरीक्षक (एसपी) प्रवीण धितालले पनि राम्रो सर्लाहीको रुपमा स्थापित गर्न कुनै कसर नराख्ने र समाजमा शान्ति र अमनचयन गर्ने कार्यमा सहयोगी भूमिका निर्वाह गरिदिन पत्रकारसँग समेत आग्रह गर्नुभयो । सीडीओ धमला र एसपी धिताल दुवै जनाले धार्मिक तथा सामाजिक सद्भाव कायम राख्ने कुरामा गम्भीरताका साथ लागिपर्ने उल्लेख गर्नुभएको छ ।
सर्लाहीमा सरुवा भएर आउनुभएको सिडियो र एसपीले अहिले  जिल्लाको शान्ती सुरक्षा व्यवस्थापनको लागि राजनीतिकर्मी, २० वटै पालिकाको नगरप्रमुख, उपप्रमुख, प्रशासकिय प्रमुख, व्यपारी तथा संचारकर्मी संग भेटघाट सम्पन्न गर्नुभएको छ ।

परिचयात्मक कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, भैरवी दल गण पाँचकुमारी ब्यारेकका गणपति सूर्यबहादुर कार्की, सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख सन्तोष ढुंगेल लगायतको उपस्थिति रहेको थियो ।

Comments
Loading...