हरिपुर्वा न.पा. र पर्सा गा.पा.को आयोजनामा विद्यालय स्वास्थ्य पोषणको सुरुवात

प्रमेश बादे

सर्लाही, १ जेष्ठ । विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह २०८१ “पोषिलो आहार, समृद्धिको आधार” भन्ने मुल नाराका साथ हरिपुर्वा नगरपालिका तथा पर्सा गाउँपालिकाको आयोजनामा आजबाट सुरुवात भएको हो । स्वास्थ्य तथा पोषणसँग सम्बन्धित विद्यालयमा विभिन्न कार्यक्रम गरि मनाउने योजना रहेको हरिपुर्वा नगरपालिकाका शिक्षा शाखा प्रमुख जनकराज काफ्लेले बताए । शिक्षा शाखा प्रमुख काफ्ले भन्छन् “शारीरिक तथा मानसिक वृद्धि र स्वास्थ्य जीवनको लागि पोषणको आवश्यकता पर्दछ । कुपोषण कमीले रत्तअलपत्ता, ख्याउटेपना, पुड्केपना पोषणको कमीले हुने गर्दछ । त्यसैले स्थानीय उत्पादन भएका खाद्यवस्तुको प्रयोगमा हामीले विशेष जोड दिएका छौं । साथै बालबालिका, किशोरकिशोरी, गर्भवती, सुत्केरीलाई पोषणयुक्त खाना खुवाउन र विद्यालय मार्फत सन्देश प्रवाह गरी विद्यालय, घरपरिवार समुदायलाई नै स्वस्थ बनाउन विद्यालय स्वास्थ्य तथा पोषण सप्ताहको लक्ष्य रहेको छ । शिक्षा शाखा प्रमुख काफ्ले थप्छन् “यदि बालबालिका स्वस्थ छैन भने, उनीहरु उचित ज्ञान हाँसिल गर्न सक्दैन र हाम्रो समाज बौद्धिक, सभ्य र सम्मृद्ध बन्न कठिन छ । सबै बालबालिकाको स्वास्थ्य तथा पोषणको अधिकारलाई सुनिश्चित गर्न राज्यको दायित्व पनि हो । ”


स्वास्थ्य तथा पोषण सप्ताहमा ¥याली, सबै सामुदायिक विद्यालयमा कक्षा १ देखि ८ सम्मका बालबालिको प्रारम्भिक शारीरिक स्वास्थ्य परिक्षण, विद्यालय स्वास्थ्य तथा पोषण सम्बन्धि सन्देश प्रवाह, शिक्षा स्वास्थ्यसँग सम्बन्धि जानकारी तथा अभिमुखीकरण (किशोरीहरुका लागि आईरन चक्की, जुकाको औषधी, पत्रु खाना तथा सरसफाई) साथै पोषण कर्नर हरिपुर्वा–९ मा राखी बालबालिका, अभिभावकहरुलाई जानकारी दिने, सम्झाउने, बुझाउने क्रियाकलापहरु वल्र्ड भिजनसँगको साझेदारीमा राष्ट्रिय रोजगार प्रबद्र्धन केन्द्र, सर्लाही र बागमती सेवा समाज नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा हुने जानकारी साथै यस अघि सबै विद्यालयका प्र.अ., स्वास्थ्यकर्मीहरुसँग संस्थाको समन्वय बैठक र संस्थाद्वारा शिक्षकहरुका लागि दुई दिनको तालिम समेत प्रदान गरेको शिक्षा शाखा प्रमुख काफ्लेले जानकारी दिए ।

Comments
Loading...