सर्लाही । सर्लाहीको हरीपुर्वा र पर्सा पालिकामा दर्ता गराएको बालबालिकाहरूलाई सात हजार तीन सय न्यानो कम्बल वितरण गरिएको छ।
वर्ल्ड भिजन इन्टरनेशनल को सहयोगमा बागमती सेवा सामज नेपाल द्वारा संचालित हरिपुर्वा र पर्सा पालिका को बाल स्पोन्सरशिप परियोजना अन्तर्गत हरिपूर्वा र पर्सा का सात हजार तिन सय बालबालिका हरुलाई न्यानो कम्बल वितरण गरियो छ।
उक्त कार्यक्रम मा हरीपूर्वा पालिका उप प्रमुख सुमित्रा देवी ग्वारिन र वडा-९ का वडा अध्यक्ष सुरेन्द्र महतो, वर्ल्ड भिजन का फिल्ड डाइरेक्टर सीता चौधरी र बागमती सेवा समाज नेपाल का भुपु अध्यक्ष भरत कार्की लगायत सम्पूर्ण वार्ड को वडा अध्यक्ष ज्यू बाट गरिएको थियो।
यो कम्बल बढ्दो गएको सितलहर लाई मध्य नजर गर्दै बाँडेको कार्यक्रम संयोजक प्रमेश बादे ले जानकारी दिनु भयो । त्यस्तै पर्सा गाउपालिकामा गाउपालिका प्रमुख धिरेन्द्र यादवको प्रमुख आतिथ्यमा ३ हजार २ सय पचास बालबालिकालाई कम्बल बितरण गरिएको छ ।
कार्यक्रममा सितलहर र चिसो को जोखिम बाट सुरक्षित रहने उपाय हरु बारे अभिमुखिकण गरी बालबालिका जनचेतना गराएको फिल्ड कर्मचारी सुबोध कुमार महतो ले जानकारी दिनु भयो।