पर्सा , ०३ असार – सर्लाहीको पर्सा गाउपालिकामा कुपोषणमुक्त पालिका निर्माणका लागि ‘पोषण बहस’ कार्यक्रम सम्पन्न भएको छ ।
गाउपालिका अध्यक्ष धिरेन्द्र यादव ( बिस्पत)को अध्यक्षता तथा राष्ट्रिय रोजगार प्रवर्द्धन समिति सर्लाहिको अध्यक्ष गायत्री महतोको प्रमुख आतिथ्यतामा पोषण बहस कार्यक्रम सम्पन्न गरिएको हो ।
राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (आरआरपिके) तथा वल्र्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त साझेदारीमा संचालित पोषण तथा उत्थानशील जिविकोपार्जन परियोजना अन्तर्गत कार्यक्रम गरिएको साझेदार संस्थाले जनाएका छन् ।
कार्यक्रममा गाउपालिका अध्यक्ष यादवले कुपोषित बालबालिकालाई पोषिलो खाना खुवाइ कार्यक्रमको शुरुआत गर्नुभएको थियो ।
कुपोषणमुक्त पालिका निर्माणका लागि हस्ताक्षर अभियान समेत चलाइएको छ । कार्यक्रममा उपस्थित आतिथिहरुले संयुक्तरूपमा हस्ताक्षर गर्नुभएको छ । साथै हस्ताक्षर पुस्तिकामा जनप्रतिनिधि, स्वास्थ्य कार्यकर्ता,पत्रकार , राजनीतिक कर्मी तथा परियोजनाका प्रतिनिधि हरुले समेत हस्ताक्षर गर्नु भएको छन ।
कार्यक्रममा नगर उपप्रमुख विभिन्न वडाका वडाध्यक्ष, अन्य जनप्रतिनिधि, साझेदारी संस्थाका प्रतिनिधिलगायत उपस्थित भएका थिए ।