सर्लाहीको बलरा नगरपालिका–१० सुदामा ब्यारेजस्थित भित्री सडक खण्डमा मोटरसाइकल चालक मृत अवस्थामा फेला पर्नुभएको छ । गएराती सबा १० बजे रामनगर गाउँपालिका–१ निवासी तेजनारायण राय यादवको छोरा ४५ वर्षीय संजय राय यादव मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयले गरेको खबरका आधारमा इलाका प्रहरी कार्यालय गडहियाका प्रहरी निरीक्षक कैलास चौधरी नेतृत्वको प्रहरी टोलीले यादवलाई मृत फेला पारेको हो । म.प्र.०३–०२९प ३७४४ नम्बरको मोटरसाइकल सडकको बाँयापट्टी खेतमा पल्टिएको र चालक यादव मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । दुर्घटना कतिखेर भएको हो भन्ने एकिन भैनसकेको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता डिएसपी सरोज राईले जानकारी दिनुभयो ।
Sign in / Join
Sign in
Recover your password.
A password will be e-mailed to you.
Comments