सर्लाही क्षेत्र नं. २ स्थित पर्सा गाउँपालिका–४, जिङ्गडवामा रहेको आधारभूत विद्यालय जिङ्गडवा (क) मतदान केन्द्रमा खटिएका मतदान अधिकृत रघुनाथ महतोको मृत्यु भएको हो । मङ्गलबार दिउँसो मात्र मतदान केन्द्रमा पुग्नुभएका महतो एक्कासी बेहोस भएर ढलेपछि उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको थियो ।
अस्पताल ल्याउँदा महतोलाई मृत घोषणा गरिएको सर्लाहीका मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जानकारी दिनुभयो । प्रादेशिक अस्पतालका हेल्थ असिस्टेन्ट शङ्करकुमार पटेलले मतदान अधिकृत महतोको हृृदयघातबाट मृत्यु भएको बताउनुभएको छ ।
मृतक महतो सिनियर अहेब हुनुहुन्थ्यो । आधारभूत स्वास्थ्य सेवा केन्द्र बरहथवा नगरपालिका १ हजरियामा कार्यरत रौतहट घर भएका महतो बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचन गराउन आधारभूत विद्यालय जिङ्गडमा मतदान अधिकृतको रुपमा खटिनुभएको थियो ।
क्षेत्र नं. २ का मुख्य निर्वाचन अधिकृत थपलियाका अनुसार मतदान अधिकृत महतोको मृत्यु भएपछि नयाँ मतदान अधिकृत पठाउने तयारी भइरहेको छ । आधारभूत विद्यालय जिङ्गडवामा सहायक मतदान अधिकृतको रुपमा खटिनुभएका गोविन्द पोखरेलले मतदान अधिकृतको मृत्यु भएपछि पनि मतदान केन्द्र निर्माण र अन्य तयारीको काममा जुटिरहेको जानकारी दिनुभयो ।
सहायक मतदान अधिकृत पोखरेलले मतदान अधिकृत महतोले आफूले मङ्गलबार सर्वदलीय बैठक राख्नेसहितका काम गर्ने र तपाईहरु बुधबार बिहानै आउनु भनेपनि उहाँको मृत्यु भएपछि आफूहरु मङ्गलबार नै मतदान केन्द्रमा पुगिसकेको बताउनुभयो ।
Sign in / Join
Sign in
Recover your password.
A password will be e-mailed to you.
Comments